Powered by Blogger.
बागमती गाउँपालिकाले ग¥यो जेष्ठ नागरिक सम्मान

बागमती गाउँपालिका  / मकवानपुरको बागमती गाउँपालिकाले गाउँपालिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि ९ वडाका १८ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान गरेको हो । सम्मानित हुनेहरुमा वडा नम्बर १ का ९८ वर्षिय काईली माया मोक्तान, ९९ बर्षिय साईला झोलङ राई, वडा नम्बर २ का ९८ बर्षिय नर बहादुर क्षेष्ठ, ८२ बर्षिय माइती माया माझि, वडा नम्बर ३ का कर्मध्वज लामा, माईली माया थिङ, वडा नम्बर ४ की ७९ बर्षिय दामो माया वाइवा, ८५ बर्षिय लाल बहादुर स्याङवोलाई नगद ४ हजार सहित दोसल्ला ओडाएर सम्मान पत्रद्धारा सम्मान गरिएको थियो भने रात्रिको लागि टर्च, छाता समेत प्रदान गरिएको हो ।
त्यस्तै वडा नम्बर ५ की ८५ बर्षिय गुईची माया घलान, ८२ बर्षिय लोक बहादुर ग्यालन, वडा नम्बर ६ का ८५ बर्षिय रण बहादुर ब्राम्हु, ७५ बर्षिय कालि राई, वडा नम्बर ७ का ८६ वर्षिय अवनाथ घोरासाईली, विक्षु माया राई, वडा नम्बर ८ का ७२ वर्षिय मान बहादुर सिन्तान, ८० वर्षिय कान्छि माया थोकर र ९ नम्बरका शन्त बहादुर रखाल, भद्र कुमारी ठाडामगरलाई नगद ४ हजार सहित दोसल्ला ओडाएर सम्मान पत्रद्धारा सम्मान गरिएको थियो भने रात्रिको लागि टर्च, छाता समेत प्रदान गरिएको जेष्ठ नागरिकलाई सम्मान कार्यक्रमका संयोजक उर्मिला नेपालीले जानकारी दिईन् । 
गाउँपालिकाको प्रमुख सर्केक घलानको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति समेत रहेका ३ नम्बर प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले आफ्नो बाबु आमालाई वृद्ध आश्रममा नभई न्यानो काखमा राख्नको लागि आग्रह गरेका छन् । बागमती गाउँपालिकाले आयोजना गरेको जेष्ठ नागरिक सम्मानलाई सम्बोधन गर्दै पुलामीले ३ नम्बर प्रदेशमा आगामी आर्थिक वर्ष देखि हाल दिदै आईरहेको रकम केहि थप गरि दिने तयारी भईरहेको बताए । सो रकमले जिवन धान्न नपुग्ने भन्दै कसैले देला कि भनेर आश गर्नु भन्दा पनि जन्म दिने आफ्नो बाआमालाई सँधै सम्मान तथा माया गर्न आग्रह गरे ।  

0 comments

Write Down Your Responses