Powered by Blogger.
चर्चित गायिका सिता थापामाथी खुकुरी प्रहार


काठमाडौं । चर्चित लोकदोहोरी गायिका सिता थापामाथी खुकुरी प्रहार भएको छ । थापामाथी अंश सम्वन्धी विवादमा आफ्नै जेठानी मनुमाया मगर उर्फ अन्जुले खुकुरी प्रहार गरेकी हुन् । 

यही साउन १२ गते शनिवार अपरान्ह ४ बजे ललितपुर–४ धोवीघाट स्थित आफ्नै निवासमा गायिका थापामाथी खुकुरी प्रहार भएको उनले बताइन् । थापाको ललितपुर स्थित अल्का अस्पतालको ए ब्लकको बेड नं सि १ मा उपचार भइरहेको छ । 

गायिका थापाको अवस्था गम्भिर भएको अस्पतालले जनाएको छ । खुकुरी प्रहारबाट गायिका थापाको टाउकोको पछाडि भागमा गम्भिर चोट लागेको र दाहिने हातको बुढी औंला छिनेको बताइएको छ । 

गायिका थापाले आफुलाई मार्ने नै नियतले पछाडिबाट खुकुरी प्रहार गरेको बताइन् । उनीहरु एउटै घरमा अलग अलग बस्दै आएका थिए । 

0 comments

Write Down Your Responses