Powered by Blogger.
लायन्स तथा लियोको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न

Image may contain: 2 people, people sitting and indoorमकवानपुर, १७ श्रावण  /  सामाजिक क्षेत्रमा क्रियाशील मकवानपुर जिल्लाको लायन्स तथा लियो क्लवहरुले संयूक्तरुपमा पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ । इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका डिष्ट्रिक गभर्नर सुनिल ओझाको प्रमुख आथित्यता तथा लायन्स इनटरनेशनल ३२५ बि २ का एरिया चिफ कोर्अडिनेटर रवि कँडेल शर्माको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा जिल्लामा रहेको २३ वटा र ८ वटा लियो क्लव तथा यस वर्षबाट विधिवत् संचालनमा आएको ४ वटा नयाँ क्लवले विगतको वर्षझैँ संयुक्तरुपमा हेटौडामा पदस्थापना कार्यक्रम आयोजना गरेको पदस्थापना कार्यक्रमकी संयोजक तथा रिजन चेयर प्रर्सन तासिडोल्मा तुम्बाहाङफेले जानकारी दिईन् ।
Image may contain: 11 people, people smiling, people standing
पदस्थापना कार्यक्रममा निर्वाचित अध्यक्ष तथा कार्यासमितिका पदाधिकारीहरुले सपथ खाएँ सँथै आगामी वर्ष सन २०१८÷१९ को लागि कार्याकाल शुरु भएको छ ।  निर्वाचित अध्यक्षलाई सन २०१७÷२०१८ का अध्यक्षहरुले पिन हस्तान्तरण गरेका थिए । सफथ ग्रहण सँगै सन २०१७÷२०१८ का अध्यक्षहरुले आफ्नो आगामी योजना तथा भनाईहरु समेत राखेका थिए ।

कार्यक्रममा २५ जना डिष्ट्रिकको सहभागिता रहेको थियो । पदस्थापना कार्यक्रममा संयोजक तथा रिजन चेयर प्रर्सन तासिडोल्मा तुम्बाहाङफे, एओजि कृष्णराम न्यौपाने तथा मिस नेपाल श्रृखंला लगायतले मन्तव्य राखेका थिए । Image may contain: 4 people, people standing, wedding and outdoor


0 comments

Write Down Your Responses