Powered by Blogger.
चन्द्रागिरी थानकोटको ढुङ्गा ७५ लाखमा बेचेर ६० करोडमा फेरी किनेर भ्रष्ट्राचार गर्न खोजियो

बिनोद महर्जन, संस्थापक अध्यक्ष, टिष्टुङ बज्रबाराही नेवा पुचः

लामो समय देखि राजनीति तथा समाजिक क्षेत्रमा लागिरहनु भएको छ, अहिलेसम्म के के गर्नुभयो ?

अहिले  हामीहरु सामाजिक, राजनीति र विकास निर्माणको क्षेत्रमा सामाजिक अभियन्ताको भुमिकामा सक्रिय रहेका छौं । टिस्टुङ  बज्रबाराही नेवा पुचःको संस्थापक अध्यक्षका अतिरिक्त नेपाल मण्डल पर्यटन नगरीमा पनि आवद्ध भएको हाम्रो गाँउ ठाँउको पर्यटकीय विकासका लागि हामी लागिरहेका छौं ।  

हामीले  सुरुमा  नेवा पुचः मार्फत टिष्टुङ पालुङ क्षेत्रमा एम्बुलेन्सको प्रवन्ध ग¥यौं । पहिले एम्बुलेन्स नभएर त्यहाँका जनता धेरै पिडित थिए ।

यसबाहेक स्वास्थ्य क्षेत्रमा शिविरहरु सञ्चालन गर्ने, गाँउमा सरसफाइ अभियान सञ्चानल गर्ने, कला संस्कृतिको संरक्षण गर्ने र समग्रमा पर्यटन मार्फत टिष्टुङ पालुङलाई चिनाउने अभियानमा हामी लागिरहेका छौं ।  हाम्रो मुख्य उद्देश्य यहि हो । 

हामीले यतिमात्र  होइन त्यहाँको विकास निर्मण, त्यहाँका स्थानीयको दुख सुखमा साथ दिदै आएका छौ । हामीले धेरै पटक स्थानीयको दुख पिडामा सहयोग गरेका छौं । पहिले प्रत्येक महिनाको एक पटक आखाँ शिविर ग¥यौंै । नेपाल आखाँ अस्पताल र नेवा पुचःको सहकार्यमा आखाँ शिविर  संचालन गरेका थियौं । 

वर्षौ देखि आखाँको मोतियाबिन्दुका बिरामीहरुलाई आखाँ शिविर संचालन  गरि मोतिबिन्दुको अप्रेशन गरि आखाँ देख्ने बनाएका छौ । एक बृद्धा मोतियाबिन्दुका कारण ३ वर्ष देखि थला पर्नु भएको थियो । उहाँले साह्रै दुख पाइरहनु भएको थियो । 

उहाँलाई हामीले आखाँको मोतियाबिन्दुको अप्रेशन  गराई अहिले आखाँ देख्ने बनाएका छौ । यसैमा हामी गर्व गर्छौ र खुसी पनि छौ ।

नेवा पुचःको नाममा तपाईको संस्थाले नेवार जातिको मात्र सामुदायिक कुरा ग¥यो, बढी राजनीति ग¥यो भन्ने आरोप छ नी ?

हेर्नुस, स्थानीय जनप्रतिनीधि र राजनीतिक दलले गर्नु पर्ने काम यिनीहरुले गर्न नसकेपछि हामीले गरेका छौं । तयसैले केही केहीले आरोप लगाएपनि जनप्रतिनीधीहरु भित्री रुपमा सकरात्मक र हामीप्रति खुसी छन् ।
  
यो त बाहिरी रुपमा  खाली आरोप लगाउने कुरो हो ।  स्वास्थ्य क्षेत्रमा मात्र होइन अन्य क्षेत्रमा पनि उहाँहरुले गर्नु पर्ने काम र भूमिका उहाँहरुले गर्न सकेका छैनन् ।  त्यो काम हामीले गरि देखाई दियौ ।  हामीले स्थानीयको माग अनुसार एम्बुलेन्स ल्यायौ । 

त्यतीबेला नेपाल रेडक्रस सोसाइटी बज्रवाराही शाखाले  पनि एउटा पुरानोे एम्बुलेन्स चलाई रहेको थियो  । त्यो बेला हामीले पनि एम्बुलेन्स ल्याँउदा हामीलाई केहीले अफ्ठ्यारो पार्न खोजिएकै हो ।  

हामीलाई हेर्ने नजरमा फरकपन भएको हो । तर सबै स्थानीयको त्यस्तो मत छैन । नेवा पुचःलाई अहिले स्थानीय जनताले सुखदुखका साथीका रुपमा बुझ्छन् । 

तपाई नेपाल मण्डल पर्यटन नगरीको सचिव र दक्षिण–पश्चिम भेगको संयोजकको रुपमा काम  गर्दै हुनुहुन्छ, त्यसको आवश्यता उद्देश्य के हो, यसले अहिल सम्म कस्ता गतिविधि गरिरहेको छ ?

नेपाल मण्डल पर्यटन नगरीको उद्देश्य र आवश्यता भनेको हामीले यो उपत्यका सहित आसपासका भेगको हरियाली डाँडाकाँडा, प्राकृतिक मनोरम दृष्य, यहाँका कला संस्कृति संरक्षण, प्रचार प्रसार लगायतका काम गरी पर्यटनको क्षेत्रमा योगदान दिनु हो ।  

हाम्रो चौर तिरको हरियाली डाँडाकाँडा छन् । त्यहाँ स्वाच्छ हावा पानी छ । नेपाल मण्डल पर्यटन नगरीको  ५ वटा कलस्टर छ । त्यसमध्ये चन्द्रागिरि टिस्टुङ पर्यटन नगरीको मैले संयोजन गरीरहेको छु ।  

अहिले हामीले त्यहाँको प्रचारप्रसारको लागि चन्द्रागिरि डाँडाको चन्द्रगढी भन्ने ठाँउमा केही अघि गरिएको चित्रकला कार्यशालाको प्रदर्शनी गर्न लागिरहेका छौं । 

टिस्टाकाँकडामा लडेका हाम्रा वीर योद्धाहरुको सम्झनामा हामीले चित्रकला कार्यशाला संचालन गरेका थियौ । त्यो चित्रकला प्रर्दशन यही भदौ १ गते  हुदैछ आटै काउन्सील बबरमहलमा हुँदैछ । 

स्थानीयलाई पनि त्यो वन जंगल, वातावरण जोगाए बापत नेपाल सरकारले केहि काम दिहोस् । स्तम्भ बनाउने स्थानीयलाई काम देओस् भन्ने उद्देश्यले हामीले ५ वटै डाँडामा कतै केवलकार बनाउने, कुनै ठाउँमा पार्क बनाउने, कुनै ठाउँमा साहित्यक सम्मेलन गर्ने उद्देश्यको साथ यो नेपाल मण्डल पर्यटन नगरीको अभियान चलाएका हौं । 

हामीले  टिस्टुङ पालुङमा धार्मिक तथा पर्यटकीय क्षेत्र छ । त्यसलाई चर्चामा ल्याउन, पुर्वाधार तया गर्न स्थानीयलाई जागरुक गराउँदै आएका छौं । कुलेखानीको इन्दसरोवर ताल, त्यहाँ जाने पर्यटकहरुलाई पुर्वाधारको व्यवस्था गर्ने, पर्यटकलाई खान बस्न, घुम्ने सुनिश्चित वातावरण बनाउन हामीले खोजिरहेका छौ । 

यो नेपाल मण्डल पर्यटन नगरी  संगसंगै हाम्रो यो ३ नम्बर प्रदेशको नामाकरण पनि नेपाल मण्डलनै हुुनु पर्ने नेताहरु संग हामीले माग  राखेका छौ ।

प्रदेशको राजधानीको बारेमा के छ तपाईको बिचार ?

म मकवानपुरको  वासिन्दा भएर मात्र होइनसबै पुर्वाधारको हिसाव किताव गर्दा  ३ नम्बर प्रदेशको राजधानी हेटैडा नै हुनु पर्छ  भन्ने हाम्रो ठुलो माग छ । 

हामीले प्रदेशको  राजधानी हेटैडा नै हुनुपर्छ भनेर माग पत्र पनि बुझाएका  छौ । सम्वन्धीत निकायको ध्यानाकर्षण नै गराएका छौं ।

अग्रज बुद्धिजवी तथा वरिष्ठ राजनीतिकर्मी बद्र्रिसाद खतिवडाले प्रदेशको राजधानी मिनी उपत्यका बज्रबाराही –चिप्लाङ  नै सबैभन्दा उपयुक्त भनेर अभियान सुरु गर्नुभयो नी ? 

उहाँको भनाइलाई हामी पुर्ण सहमती गर्दछौं । प्रदेशको राजधानी यदी उत्तरी मकवानपुरको बज्रबाराही चित्लाङ घोषणा गरियो भने हामी स्थानीय नागरिकका हैसीयतामा जे जे सहयोग गर्नुपर्ने हो सबै सहयोग गर्न तयार छौं । 

तपाइकै अगुवाईमा निर्माणमा ढिला सुस्ती, प्राकृतिक दोेहन, विकास निर्माणमा अनियमितता बारे एउटा अभियान  नै सुरु गर्नु भएको छ, यसबाट आफ्नै पार्टीका नेताहरुतिर प्रहार भएन ?

हामी सत्य र ठिकका पक्षमा हुन्छौं । त्यसो हुँदा बदमासी गर्नेहरुको विपक्षमा लागेको सकिन्छ ।  बद्मासी गर्नेहरु पार्टीभित्रै भएपनि संरक्षण गरिनुपर्छ भन्ने छैन । नाङ्गेझार पार्नैपर्छ । किनकी जनातको लागि केही गर्छु भनेर कसम खाएर जनमत लिएर आएकाहरु जनताको विरुद्धमा जानै मिल्दैन । 

त्यसैले आफ्नै पार्टी विरुद्ध लाग्यो भन्ने कुरा हुँदै होइन ।  अनियमितता, भ्रष्टाचार गर्ने विरुद हामी जोसुकै भएपनि लाग्छौं ।  यो तपाईले उठाउनु भएको प्रश्न थानकोट–चित्लाङ सडक खण्डको हो । सो बारेमा हामीले आवाज उठाउन थालेको दुई वर्ष जति भयो । 

मलाई थाहा भए सम्म र  मसंग प्रमाण भए सम्म हाम्रो मकवानपुर जिल्लाका क्षेत्र २ का पुर्व सासद सुवासचन्द्र ठकुरी र दुईचार जना चित्लाङवासी साथीहरु अनि काठमाडौ जिल्ला बन कार्यालयका डिएफओ डा. इन्द्रप्रसाद सापकोटा अनि थानकोट–चित्लाङ सडक आयोजना खण्डका गोपिप्रसाद अधिकारी लगायको मिलेमोतोमा थानकोट चित्लाङ सडकको स्तरउन्नती र चौंडा पार्ने क्रममा   निस्केको ढुंगा कौडीको मुल्यमा बिक्रि  गर्ने योजना बनाई करोडौं भ्रष्ट्राचार गरिएको छ ।  

त्यो थाहा पाएपछि हामीले थानकोट चित्लाङ सडक खण्डको स्थानीयको नाताले र पार्टीको मकवानपुर काठमाडौ सम्पर्क मञ्चको संयोजक भएकाले म यो अभियानमा लागेको हु । यसमा पुरै अनियमिता छ । 

सडक खन्दा निस्केका ढुंगा बिक्रि भएपछि  अहिले त्यहि सडकको निर्माणमा नपुग्ने अवस्था छ । लाखौं घनमिटर ढुंगा सकडको नाली वाल बनाउन चाहिन्छन् । 

तर ति ढुगां बिक्रि भइसकेकाले अहिले त्यहि सडकको लागि करिव ६० करोडको ढुंगा किन्न पर्ने अवस्था देखिन्छ । यो नेता देखि ठेकेदारको मिलेमतोमा त्यहाँ ढुुंगा बिक्रि गरेकोले यस्तो अवस्था आउने देखिन्छ । 

प्राकृतिक दोहन गरी करौडौ पैसा कमाउने, राज्यको पैसा नोक्सान गर्ने अनि हामीले ७५ लाख पैसा फाइदा ग¥यौ भन्नेहरु बिरुद हामी लागेका हौं । अब यिनीहरुलाई कारवाही गर्नुपर्छ भन्ने मेरो या त्यहाँका स्थानीयको माग छ ।

 हाम्रो आव्हानमा त्यहाँका स्थानीयलाई जम्मा गरेर भौतिक  निर्माण तथा यातायात मन्त्रीकोमा हामी गयौं । उहाँले बताउनु भएको छ की अब त्यो सडक केन्द्र सरकारले हेर्छ त्यहाँको स्थानीय, सरोकारवाला, जनप्रतिनीधि, चन्द्रागिरी  सचेत वन उपभोक्ता समितिका अध्यक्ष  बाटोमा  अनियमितता हुन दिनु हुँदैन भन्ने कुरामा एकदम सकरात्मक छन् । हामी सबैको पहलमा अव थानकोट चित्लाङ सडक समयमै बन्छ भन्ने बिश्वास र आशा लागेको छ । 

टिस्टुङ पालुङ क्षेत्र काठमाडौबाट नजिक भएता पनि विकास हुन सकेकोे छैन, वत्तिमुनीको अँध्यारो जस्तो भयो, किन यस क्षेत्रको विकासको लागि लागि पर्नु भएको छैन ? 

यो ठाँउ पर्यटनको प्रचुर संभावना भएको स्थान हो । पर्यटन क्षेत्रको विकास गर्नु पर्छ भनेर हामीले २०६८ सालमै बज्रबाराहीमा लाग्ने ३ वर्षे अजिमा बज्रबाराही मेलालाई लिएर हामीले साँस्कृतिक भेलाको रुपमा प्रचारपसार गरेको थियौ ।  टिस्टुङ महोत्सवको आयोजना ग¥यौं । त्यसमा धेरैले ठुलो भूमिका निर्वाह गर्नुभयो । 

त्यसपछि  हामीले पर्यटन क्षेत्रको मेरुदण्ड भनेको थानकोट–चित्लाङ सडक भएकाले यसलाई शिघ्र सम्पन्न गर्न भनेर सुशिल  कोइराला प्रधानमन्त्री हुँदा ज्ञापनपत्र बुझाएका थियौ । त्यस यता निरन्तर दवाव दिइरहेका छौं । काठमाडौ नजिक भएता पनि चित्लाङ, टिस्टुङ, पालुङ ओझेलमा परिरहेको छ ।  

यस बारे हामीले बिभिन्न ठाउँमा घच्घच्याई रहेका छौ । यसको मुख्य दोषी अहिले स्थानीय जनता नै पो हो की भन्ने लागेको छ । किन भन्दा हामीले नबुझेर  त्यहाँबाट नेताहरुलाई जिताई संसदमा  पठायौं । तर उहाँहरुले स्थानीय क्षेत्रको विकासमा पहल गरेनन् । 

हामीले जिताएका नेताहरुले पनि आफनो ठाउँमा मात्र काम गरेर टिष्टुङ पालुङमा खासै हेरेनन् । त्यहि भएर पनि विकास निर्माणमा पछि परेको हो  । हामीले कुन्छाल कुलेखानी सडकलाई रामलाल श्रेष्ठ  सडक नामाकरण गरेका  छौ । त्यो सडक बनेको अहिले ४० वर्ष भइसकेको छ । 

त्यहाँबाट राज्यले अर्बौ रुपिया फाइदा लिरहेको छ । कुलेखानी जलबिद्युतको  आयोजनाबाट राज्यको अर्बौ फाइदा लिन्छ तर  त्यस सडकको निर्माणमा अहिले सम्म कसैको ध्यान जान सकेको छैन । हामीले त्यस सडकको स्तरोन्नती किन हुन सकेन, यसमा कसको कमजोरी छ भनेर यसबारे अस्ती मात्र  सवाल जवाफ कार्यक्रम  गरेका थियौ । 

त्यसमा हाम्रो क्षेत्रका सांसद विरोध  खतिवडा  पनि सहभागि हुनु भएको थियो । यस सडकको बारेमा उहाँले भन्नु भयो अहिले १० करोड रुपिया छुट्याइइको छ ।  यसकारण अहिले चाहि मनमा अलिकति आशा पलाएको छ । हाम्रो ध्येय भनेको थानकोट चित्लाङ सडक विस्तार भैसकेपछि विकासका पुर्वाधार विस्तारै  पुरा हुदै जान्छन । त्यंहाको विकासकालागि हामी हरपल लागि रहेका छौ । 

तपाईं काठमाडौ बसेर त्यँहाका जनप्रतिनिधिहरुलाई र स्थानीय अगुवाहरुलाइ सचेत गराइ राख्नु भएको छ । तर उहाँहरुको प्रतिक्रिया कस्तो पाउंनु भएको छ ?

मेरो त्यँहाका सबै जनप्रतिनिधि लगायत सबैसंग सम्पर्क भैरहेकको छ । अर्को कुरा, हामीले सांस्कृतिक क्षेत्रको विकासको लाखौं रुपैंयाका सास्कृतिक बाजा वितरण गरेका छौ । 

उक्त कार्यक्रममा त्यंहाका नगरपालिका प्रमुख उपप्रमुखको पनि सहभागीता रहेको थियो । त्यहि भएर नराम्रो होला जस्तो मलाई लाग्दैन । अहिले स्थान्ीय बासिन्दा तथा अन्य जनप्रतिनिधी पनि पर्यटकको विकासको लागि पुर्वाधार र मेरुदण्ड भनेको नै सडक हो भन्नेमा कुरा बुझ्नुभएको छ । 

त्यंहि भएर थानकोट चिप्लाङ सडक खण्ड,कुन्छाल –कुलेखानी सडक खण्ड, सुरुङमार्ग, त्रिभुवन राजपथको स्तर राम्रो हुनुपर्छ भन्ने हाम्रो माग हो । 

त्यतीमात्र होइन थाहा नगरको बज्रवाराहीमा  सुरक्षाको लागि प्रहरी पोष्ट राख्नु पर्छ भनेर हामीले गृहमन्त्री रामबहादुर थापा बादल लाई  समेत ज्ञापनपत्र बुझाएका छौ । यसमा पहल गर्न सबै बज्रबाराहीवासी दाजुभाई दिदिबहीनीहरुलाई पनि अनुरोध गर्दछु । 




0 comments

Write Down Your Responses

pfizer vaccine