Powered by Blogger.
संजिताको प्रथम गजल सार्वजनिक


काठमाडौँ । पचपन्न सालदेखि गजल लेखनमा सक्रिय गजलकार संजिता देउजाको प्रथम गजल एल्वम ‘‘मेरो गजल तिम्रो लागि’ मंगलबार राजधानीमा सार्वजनिक गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि डा.कृष्णहरि बराल, उन्नति बोहरा शीला, गजलकार ज्ञानुवाकर पौडेल, मेरिना स्मृति र संजिता देउजाले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो । 

कार्यक्रममा प्राज्ञ तथा गीतकार उन्नति बोहरा शीलाले गजलमाथि चर्चा गर्दै सुनौलो भविश्व बोकेकी संजिताका गजल नेपाली संगीतको क्षेत्रमा एउटा चम्किलो तारा भएको बताउनुभयो ।

कार्यक्रममा ज्ञानुवाकर पौडेलले संजिताको गजल लेखनमाथि चर्चा गर्दै भन्नुभयो, “जुनबेला संजिताले गजल लेख्न थाल्नुभएको थियो, त्यो बेला महिला गजलकार कमै थिए । उहाँ निकै सम्भावना भएको गजलकार हो । विदेशको व्यस्तताले अलि हराउनुभयो । त्यति हुँदाहुँदै पनि गजल एल्वम निकाल्नुभयो, खुशीको कुरा हो ।”

उहाँले भन्नुभयो, “गजललाई कविता र गीतबाट अलग गर्नुहुन्न । संजिताका गजलमा कविता र गीत पनि पाइन्छ ।”
कार्यक्रमका प्रमुख अतिथि डा. कृष्णहरि बरालले एल्वममाथि चर्चा गर्दै नेपाली गजल संगीतमा मेरो गजल तिम्रो लागि उत्कृष्ट संकलनका रुपमा आएको बताउनुभयो ।

उहाँले गीत संगीत लोकप्रिय हुन स्वर, संगीत, एरेन्ज, भिडियो भन्दा पनि गीत, गजल नै शब्द संरचना र लयका हिसावले उत्कृष्ट हुनुपर्ने बताउनुभयो ।

गजलकार संजिता देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार शुशीला देउजाले स्वागत गर्नुभएको थियो ।



0 comments

Write Down Your Responses