Powered by Blogger.
विकासका लागि पर्यटन र कृषिमै जोड दिएका छौं

किरणमान बल, वडा अध्यक्ष, थाहा नगरपालिका वडा नं. ११ ,मकवानपुर
किरणमान बल, वडा अध्यक्ष, थाहा नगरपालिका वडा नं. ११ ,मकवानपुर

थाहा नगरपालिका वडा नम्बर ११ को अध्यक्ष भएपछि त्यहाँको विकास निर्माणलाई कसरी अगाडि बढाउनुभएको छ ?

म थाहा नगरपालिका वडा ११ को अध्यक्ष भए यता त्यो वडा समृद्ध वडा बनाउनको लागि  विकासका बिभिन्न योजना अगाडि बढाएका छौं । हामीले जहाँ धेरै समस्या छ त्यहि आधारलाई लिएर कार्ययोजना बनाएका छौं । हामीले  वडाको मुहार फेर्ने हिसावले विकास कार्यलाई अगाडि बढाएका छौं ।  

त्यही बमोजिम हामीले  काम गराई रहेका छौं । वर्षभरि नै सवारी साधन चल्ने गरी सडक निर्माण गरेका छौ । कृषि क्षेत्रमा पनि आधुनिकीरणमा अगाडि बढाइरहेका छौ । यस ठाउँलाई सबैले घुम्ने चर्चित ठाउँ बनाउनु पर्छ  भनेर चिया बगान सुरु गर्ने तयारी गरिरहेका छौ । 

इलाममा चिया बगान हुनछ भने त्यही हावापानीको  हाम्रो  थाहानगरपालिका  ११ मा नहुने भन्ने छैन । त्यसको सम्भाव्यताको लागि केन्द्रबाट वरिष्ठ व्यक्तित्व र विज्ञहरु आएर अध्ययन भएको छ । यस्तै हामीले नगरस्थीत वडाको धेरै  जनतालाई प्रभाव गर्ने गरि नगरस्तीय सडक सञ्जाललाई पनि अगाडि बढाएका छौ । यो ठाउँमा रहेका बिभिन्न पार्कहरुमा सडक जोड्ने , विकास गर्ने योजना बनाई रहेका छौ ।  



त्यसको लागि बजेट  बिनियोजनको काम अगाडि बढीसकेको छ ।  साना तिना काम संगै अब हामीले  नगर भैसकेपछि ‘एक घर एक धारा’ बनाउनु पर्छ भनेर नमुनाको रुपमा चित्रे मालागीरि खाने पानी उपभोत्ता समिति गठन गरि केहि संस्थाहरुको सहयोगमा र नगरपालिकाको सहजिकरणमा त्यो काम भैरहेको छ । साथै यस नगरभित्र  रहेका १३ वटा बिद्यालय छन् तर उच्चमावि सम्म एक बिद्यालय पनि छैन । 

अबका दिनमा हामीले उच्चमावि सम्म अध्ययन हुने गरि उच्चममावि बिद्यालय बनाउने तयारी अगाडि बढाएका छौं । थाहा नगरपालिकामा प्राबिधिक बिद्यालय खोल्ने तयारी गरिसकेका छौ । ११ नम्बर वडामा पशु बिज्ञान प्रतिष्ठान खोल्ने र यस क्षेत्रको विकास गर्ने गरि काम भैरहेको अवस्था छ ।

तपाईले  चुनावको बेला जनताको सामु गरेका प्रतिबद्धताहरु के भैरहेका छन, कहाँ पुगे ति प्रतिबद्धताहरु ?

निर्वाचनको बेलामा मैले जनता सामु जुन विषयलाई लिएर गएको थिए, ति विषय अगाडि बढि सकेको अवस्था छ  । केहि अगाडि बढ्ने क्रममा  रहेका छन् । 

रोजगारको सवालमा हामीले सहि संस्था नेपाल संग समन्वय गरि ४३ जनालाई बिभिन्न सिपमुलक तालिम दिएका छौ । ती सिपमुलक तालिम दिएकाहरुलाई यस वषै देखि  रोजगारमा अगाडि बढाउनु पर्छ  । 

यो ठाउँका युवाहरुको अहिले सम्मको रोजगारी भनेको ड्राइभिङ पेशा हो । अब यहाँका युवाहरुलाई फरक  सिपमुलक तालिम दिएर  नयाँ रोजगारमा अगाडि बढाउनु पर्छ भन्ने उद्देश्यले हामीले बिभिन्न सिपमुलक तालिम दिएका छौ । महिलाको निम्ति, युवाको लागि स्वरोजगार तालिम दिएर  रोजगार बनाउने हाम्रो लक्ष्य रहेको छ । 

हामीले सिपमुलक तालिम दिएकाहरुलाई प्राबिधिक सामाग्री दिने तयारी गरिरहेका छौ । नगरको बिभिन्न ठाउँमा कृषिको धेरै समस्या थियो । त्यसलाई मध्य नजर गर्दै आधुनिककरणमा अगाडि बढाउनु पर्छ । त्यसैले प्रधानमन्त्री आधुनिककरणी  कार्यक्रम अन्तर्गत कृषिमा समावेश गराएर कृषकहरुलाई धेरै लाभ पुग्ने गरि काम अगाडि बढाई रहेको अवस्था छ । निर्माण तथा विकासका कामलाई तिब्रता दिएका छौं । ती कामहरु अहिले तिब्र गतिमा भैरहेका छन् । सबै जनसामुदायहरुबाट राम्रै काम गरि रहेको छ भन्ने सुझाव पाइरहेको अवस्था छ । यसमा म धेरै खुसी छु । 


मैले जनताहरुलाई बिभिन्न समयमा विभिन्न  सार्वजनिक सुनुवाइ मार्फत भन्ने गरेको छु कि केहि समय केहि सुझाव छन् भने मलाई खबर गर्नु होला ।  मैले बोलेको कुरा पुरा गर्दै गैरहेको छु ।

तपाई युवा पनि हुनुहुन्छ, विषेश गरि युवाहरुको लागि  के योजना छन्, के के भैरहेको छ ?

युवाहरुको सन्र्दभमा हाम्रो  थाहा नगरपालिकामा खेलकुदमा जोड दिएका छौं ।  हामीले खेलकुदलाई अगाडि बढाउनु पर्छ, यहाँका युवाहरु अभ्यासी हुनु पर्छ भन्ने ढंगले काम सुरुवात गरेका छौ । त्यो खेल मैदानमा अहिले यस्तो वर्षातको समयमा पनि खेलाडी साथीहरुले राम्रो बाजी मारि रहेका छन् । 

खेलाडि साथीहरु असाध्य खुसी छन् । यसमा थप सुधारको लागि त्यसलाई व्यवस्थीत ढंगले खेलमैदान अगाडि  बढाउनको लागि हामीले बजेट विनियोजन गरेर काम अगाडि बढाएका छौं ।

 एउटा खेलकुद समिति  पनि गठन गरि सकेका छौ ।  खेलकुद विकास समिति नगरस्तीय पनि बनेको छ । त्यो समितिमा हाम्रो ११ वडाका युवाहरु पनि सदस्य रहने गरी गठन भएको छ । खेलकुद विकास  समितिले अव कार्यक्रम सुरु गर्ने  छ । 

यसले केहि नगरस्तीय वा  विभिन्न खेलहरुमा थाहा ११ को सहभागिता हिजोका दिनहरुमा थिएन भने अव सहभागिता हुने  भएको छ ।

महाभूकम्पको चपेटामा धेरै स्थानीय परे, त्यसको प्रभाव थाहा नगरपालिकामा पनि प¥यो, त्यो नगरभित्रको तपाईको वडा भित्रका लाभग्राहीहरुले आफनो किस्ता पाइसके कि के अवस्था छ ?

यस विषयमा म के भन्न चाहन्छु भने जे जति महाभूकुम्भले क्षति भएको छ ति लाभग्राहीहरुको बर्खामा पानीमा भिज्ने, हिउँदमा चिसोमा चिसिनु पर्ने अवस्था छ । यो समस्या हामीले छिटो भन्दा छिटो समाधान गराउनु पर्छ भन्ने ढंगले  पीडितलाई घरको व्यवस्था मिलाउने गरि  हामी लागि रहेको अवस्था छ । 

घर निर्माणमा  खटिएका ईन्जिनियरहरुले  नक्सा कोरेका ३५ दिन भित्र पैसा दिने गरि हामीले काम गरिरहेको अवस्था छ । र, फेरी जनताको गुनासोहरु आएको हुनाले थाहा ११ को पुनः गुनासो सम्बोधन  भएर हामीले यही भदौ ३ गतेबाट फेरी २ सय जनाले सम्झौता गरेका छन् । 

एक लाखले हाम्रो घर बन्दैन, एक लाखको कुनै अर्थ छैन, मेरो घर भत्केको छ भन्ने लाभग्राहीलाई हामीले साउनमा  जानकारी गराउन सुचना दिएका थियौं । अब एक लाख देखि ३ लाख सम्म जान चाहनेले निवेदन संकलन गर्ने  गरेका छौ । 



अब २० गते सम्म त्यो निवेदनमा भएको कुरा सहि हो की होइन भनेर हामीले इन्जिनियरलाई खटाउछौं । त्यसपछि  ईन्जिनियरले हेरबिचार गरिसकेपछि यसलाई निर्णय गरेर सम्वन्धीत  जिल्ला देखि केन्द्रमा पठाउने गरि हामी लागि रहेका छौ ।

 मेरो कार्यकालमा आएको रकम चाँडै निकास गर्ने, चाँडै घर बनाउने र सबै  आफ्नै घर मुनि बसेको हेर्ने  मेरो चाहना रहेको छ ।

तपाई नगरको पनि सामाजिक विकास  समितिको संयोजक हुनुहुन्छ, त्यो हिसावले समग्र नगरको विकासको लागि कसरी समन्वय गरि रहनु भएको छ ?

सामाजिक विकास समन्वय समितिको संयोजकको नाताले जेष्ठ नागरिकहरुलाई  यस वर्षबाट केहि पौष्टिक खाने कुरा एउटा लठ्ठी, कम्बल हामीले हाम्रो नगरपालिकाको १२ वटै वडामा वितरण गरेका छौ । 

र, अपाङ्ग भएका ब्यक्तिहरुको तथ्याङ संकलन गरि ५५ जनाकोलाई अपाङ्ग परिचय पत्र वितरण गरेका छौ । र, महिलाहरुलाई लक्षित गरि  जस्तै लोक सेवा  तयारी कक्षा, कम्प्युटर कक्षा, धुप बनाउने तालिम लगायतका कार्यक्रम गरि सकेका छौ ।  

त्यस तालिमबाट सिप सिकेर महिलाहरु उद्यमी बनिसकेको र केहि आयआर्जन गर्न थालेको हामीले सुनेका छौ । सिपमूलक तालिम दिएकाहरलाई यस वर्षबाट प्राबिधिक सामाग्री दिने निर्णय सामाजिक समन्वयबाट पारित भैसकेको छ । 

सामाजिक  विकास  समितिले के ग¥यो भन्ने हो भने हामीले महिला, बालबालिकाको लागि अपाङ्ग र दतिलको लागि सिपमूलक तालिम दिएका छौ । त्यहि तालिमबाट अहिले नगरमै कोट पैन्ट सिलाउने दक्ष जनशक्ति उत्पादन भैरहेको छ । 

सामाजिक विकास समितिले यस्ता काम गरि रहेको अवस्था छ । आगामि दिनमा यो भन्दा पनि नयाँ  सिपमूलक तालिम दिएर प्राबिधिक सामाग्री उपलब्ध गराएर  रोजगारमा अगाडि बढाउने काम भैरहेको अवस्था छ ।

थाहा नगरपालिका कृषि र पर्यटनको लागि सम्भावना भएको ठाउँ हो पनि भनिन्छ, तपाईको वडामा रहेका पर्यटन  कृषि सम्पदाको लागि के योजना बनाउनु भएको छ, कसरी काम गरि रहनु भएको छ ?

थाहा नगरपालिका वास्तवमा पर्यटन नगरि हो । कृषिको पनि पकेट क्षेत्र भएकोले ११ वडामा मेरो आफनो जिम्मेवारी भएको हुँदा मैले विषेश गरि धेरै काम ५ वर्षमा गर्न  नसकेपनि कम्तीमा २, ३ वटा काम स्पष्ट देखिने गरि अगाडि बढाउन गैरहेको छौं । 

जस्तै एउटा चिया बगानको नर्सरीको का गर्दैछौं भने त्यहि बाट कृषकलाई केहि अनुदान रकम दिएर चियाका बोटहरु रोप्ने काम सुरु हुन्छ । अब सहकारी मार्फत धेरै भन्दा धेरै चिया बगान र ठाउँ सुन्दर ठाउँ बनिसकेपछि जसरी पर्यटक इलाम जान्छन् । त्यसरी नै यहाँ आँउछन् भन्ने मलाई बिश्वास छ । 

पर्यटनको हिसावले धेरै रोपनी जग्गा भएको मुलाबारी चौर र मनकामना  मन्दीर रहेकोले यो क्षेत्रमा हामीले यस वर्ष सडकको ट्र्याक बनाउन सुरु गरेका छौं । त्यो ठाउँलाई नगरबाट प्राथामिकताका  साथ राख्ने र त्यो ठाउँमा यो राष्ट्रमै नभएका कुरा राख्ने जस्तै एउटा विभुती पार्क निर्माण गर्ने क्रममा छौ ।  

त्यो ठाउँमा तामाङ, नेवार लगायत बिभिन्न जातजातिको संग्राहलय, बिभुति पार्क, सिलालेख, शालिक निर्माण गर्न डिपीआर तयार गरेर अगाडि बढ्न गैरहेका छौ । हामी संग थुप्रै खोला नाला, नदि, झरना भएको हुनाले ढुंगाको  रक गार्डेन बनाउन सकिने संम्भावना हामीले देखेका छौ । 

हाम्रोमा ठुला ठुला ढुंगाहरु छन् । एउटा ढुंगाको बगैचा निर्माण गरि जान सकिन्छ की भनेर हामीले अध्ययन गरिरहेका छौ ।

यस्तै मकवानपुर जिल्लाबाटै हिमाल देखिने साविकका २ वटा गाविस हुन् आग्रा र टिस्टुङ । त्यस कारणले हाम्रो टिस्टुङमा होम स्टे संचालनमा ल्याउने र पर्यटनलाई आकर्षण गर्ने  संभावना प्रचुर छ । 

जस्तै लमजुङमा घलेगाउँमा जस्तो खालको विकास भैरहेको छ, हाम्रो थाहा नगरपालिकाको चित्लाङमा संभव छ भने हामी कहाँ नहुने कुरै छैन । 

त्यस कारणले होमस्टेका  लागि तालिम संचालन गर्दै केहि घरमा सुरु भैसकेको अवस्था छ । मलाई लाग्छ, अब यहाँको पर्यटन अगाडि बढ्छ । तर यसमा के कुरो रह्यो भन्ने सुरक्षाको कुरो  । 

सुरक्षाको दृष्टिकोणले अलि समस्या भएको ठाउँ भएकोले मैले बारम्बार नगरमा जिल्लामा पनि कुरा गरिरहेका छु । हाम्रो जिल्ला अरु जिल्लाबाट धेरै टाढा भएको हुनाले यो ठाउँमा प्रहरी चौकी स्थापना गर्नु पर्छ । 

यहाँ सुरक्षाको हिसावले पनि अब्बल छ भन्ने ढंगले लागेका छौ । त्यस कारणले कृषि पर्यटनमा थाहा नगरपालिका ११ वडालाई यसरी नै अगाडि बढाई रहेको अवस्था छ ।

वडावाशीलाई के भन्नु छ ?

थाहा नगरपालिका ११ नम्बर वडाका वासिन्दाले सकारात्मक सोच, सकरात्मक सहयोग जारी राख्नुभएको छ ।  थाहा ११ बालमैत्री छ ।  विवाद रहित छ ।  

यसलाई सबै मिलेर शिक्षित   वडा बनाउनुपर्छ । सबै नागरिकले यो कुरा बुझेर होस्टेमा हैंसे गरिदिनुहुन आग्रह गर्दछु । 



0 comments

Write Down Your Responses