Powered by Blogger.
चार दिने टिष्टुङ महोत्सब हुँदै, मुल समारोह समितिद्धारा तयारी सुरु


काठमाडौं । उत्तरी मकवानपुरको थाहा नगरपालिका ६ मा ‘ऐतिहासिक टिष्टुङ् हाम्रो पहिचान, समृद्ध टिष्टुङ् हाम्रो अभियान’ भन्ने नारासहित टिष्टुङ् महोत्सब आयोजना हुने भएको छ । 

बज्रबाराही बजार ब्यबस्थापन समिति र न्हँु द भिन्तुना मूल समारोह समितिको आयोजनामा ४ दिने महोत्सब आयोजना गर्न लागिएको हो ।

महोत्सब ब्यबस्थापनका लागि इन्द्र श्रेष्ठको अध्यक्षतामा ‘टिष्टुङ् महोत्सब मूल समारोह समिति’ गठन गरिएको छ भने उक्त समितिका सहसंयोजक प्रमोदकृष्ण जोशी छन् । 

महोत्सब आगामी असोज २४ देखि २७ गतेसम्म आयोजना हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । टिष्टुङ्कको एतिहासिक तथा पर्यावरणीय महत्व र स्थानीय उत्पादनहरुको प्रबर्द्धन गर्ने उद्देश्यसहित महोत्सब आयोजना गर्न लागेको श्रेष्ठको भनाई छ ।

महोत्सबमा दैनिक रुपमा सास्कृतिक कार्यक्रम हुनुका साथै स्थानीय उत्पादनहरुको बिक्रि वितरण गरिनेछ । महोत्सबमा करिब १ लाख जनाले सहभागिता जनाउने आयोजकले अपेक्षा राखेको छ । 

टिष्टुङ् इतिहास बोकेको लघु उपत्यका हो । 

सोही महोत्सवको सन्दर्भमा बिहिबार काठमाडौंमा व्यापक छलफल भएको छ । महोत्सव कसरी सफल पार्ने भन्ने सन्दर्भमा भएको छलफलमा स्थानीय तथा टिष्टुङ उपत्यका लगायत थाहा नगरपालिकामा घर भएकाहरुको बाक्लो उपस्थिति थियो । 



छलफलमा कार्यक्रमबारे संयोजक श्रेष्ठ र सहसंयोजक जोशीले प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम बिडारी, सञ्चार सहकारी संघका अध्यक्ष विष्णुहरी ढकाल,  थाहा–काठमाडौं पत्रकार समाजका अध्यक्ष  बैकुण्ठ ढकाल, थाहा पोष्टका सम्पादक रामजी बलामी, समाजसेवी नरेश महर्जन, रामकृष्ण श्रेष्ठ, विक्रम जोशी, महेश्वर महर्जन लगायतको उपस्थिति रहेको थियो । 




0 comments

Write Down Your Responses