Powered by Blogger.
विधवा एवं एकल महिलाहरुद्धारा सञ्चालित सहकारी हेरचाहका लागि संरक्षण गृह बनाउने तयारीमा


काठमाडौं । विधवा एवं एकल महिलाहरुद्धारा सञ्चालित कृषि सहकारी संस्थाले वृद्धवृद्धाहरुलाई संरक्षण र हेरचाहका लागि संरक्षण गृह बनाउने भएको छ । 

दक्षिणकाली–१२ फर्पिङमा ३ वर्ष अघि एकल महिलाहरुले स्थापना गरेको एक सहकारी संस्थाले यस्तो अवधारणा अघि सारेको हो । 

संस्थाको तेस्रो साधारणसभाको तयारी हुँदै गर्दा विभिन्न निकायहरुसंग समन्वय गरि हेरचाह केन्द्र बनाउने अवधारणा अघि सारिएको हो । संस्थाले जग्गाको समेत खोजी गरिसकेको र आगामी साधारणसभाबाट यो विषय पारित गरि काम अघि बढाइने अध्यक्ष टोकला तामाङले जानकारी दिनुभयो ।

सो विधवा एवं एकल महिला साना किसान कृषि सहकारी संस्थामा अहिले फर्पिङ क्षेत्रका एकल तथा विधवाहरुमात्र गरी जम्मा एक सय २६ जना शेयर सदस्य छन् ।  जसमध्ये ६० प्रतिशत  महिलाहरु काम गर्न सक्ने र ४० प्रतिशत काम गर्न नसक्ने भएको बताइएको छ । 



२०७२ फागुन २० गते स्थापना भएको संस्थाले यही भदौ ३० गते भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालको प्रमुख आतिथ्यतामा तेस्रो साधारणसभा भव्य रुपमा सम्पन्न गर्ने तयारी थालेको छ । 

उक्त सहकारीले आफ्ना सदस्यहरुलाई डिभीजन सहकारी कार्यालय काठमाडौंबाट ३ दिवशीय प्रारम्भीक सहकारी तालिम, सांसद विकास कार्यक्रम अन्तर्गत ५ दिवसीय कृषि सम्वन्धी व्यावसायीक सीप विकास  तालिम, केन्द्रीय प्रशिक्षण केन्द्रबाट ११ दिवसीय व्यवस्थापन तालिम लगायतका तालिमहरु सम्पन्न गरिसकेको जनाइएको छ । 

काठमाडौं जिल्लाभरी कार्यक्षेत्र रहेको सो सहकारीले राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघ लगायतमा शेयर सदस्यको हैसियत पाएको छ भने कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकका खाता खोलेको छ । 



संस्थाले आफ्नो शेयर सदस्यहरु ५ सय ३ जना पु¥याउनुका साथै शेयर पुँजी वृद्धि गर्ने, सरल व्याजदरको कर्जा लिने, व्यावसायिक तालिम सञ्चालन गर्ने र विधवाहरुको हितका लागि विभिन्न कार्यक्रम अघि साने अध्यक्ष टोकला तामाङको भनाई छ । 



0 comments

Write Down Your Responses