Powered by Blogger.
कानुनमन्त्रीमा ‘बिरोध’को चर्चा





काठमाडौं ।  सरकारको बचाउ गर्ने सन्दर्भमा भुतले खाजा खाने बेलामा दिएको एक अभिव्यक्तिलाई अनावश्यक ढंगले राजनीतिकरण गरिएपछि कानुमन्त्री शेरबहादुर तामाङ राजीनामा दिनुप¥यो । 

मेडिकल शिक्षाका विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादर तामाङले राजीनामा दिएको लामो समय हुँदा पनि उनको राजीनामा स्विकृत गर्ने र अर्को मन्त्री नियुक्ती गर्ने काम भएको छैन । 

नयाँ संविधान कार्यान्वयनका लागि पनि दर्जनौं ऐनकानुन निर्माण गर्नुपर्ने चटारो सो मन्त्रालयलाई भएको बेला रिक्त पदमा जान भने एमालेकै केही नेताहरु खुट्टा उचालेर बसेका छन् । 

तामाङले राजीनामा दिएलगत्तै नेकपाका नेता बिरोध खतिवडा, भानुभक्त ढकाल, कृष्णभक्त पोखरेललगायतको नाम सम्भावित कानुनमन्त्रीका रूपमा प्रचारमा आएको थियो । कानुन पृष्ठभूमि भएकाले पनि ती नाम चर्चामा आएका थिए ।  

तर तीनमध्ये कसले बाजी मार्ने वा अर्को तेस्रो व्यक्ति सो पदमा पुग्ने भन्ने कुरा भने निश्चीत भएको छैन । संसदीय दलका उपनेता सुवास नेम्वाङ, महान्यधिवक्ता अग्नि खरेललगायतको समूहले चर्चामा आएका ती व्यक्तिलाई भन्दा अरुनै आफुले सुझाएको व्यक्ति कानुन मन्त्री बन्नुपर्ने धारणा प्रमसमक्ष राख्दै आएका छन् ।  

उनीहरुले यि व्यक्तिलाई मन्त्री नबनाउन चलखेल बढाएको समेत पाटीभित्रैबाट आरोप लगाइएको छ ।

तामाङजस्तै कानुन पृष्ठभूमिकै व्यक्ति कानुनमन्त्री भयो भने सरकारमा आफ्नो भूमिका खुम्चिने भएकाले पनि अन्य पृष्ठभूमिको व्यक्तिको खोजी गरिएको बताइन्छ । चर्चामा आएमा मध्ये खतिवडा कानुनको राम्रो जानकार, कुशल वक्ता, अहिलेसम्म केही अवसर नपाएर पछि परेका व्यक्ति हुन् भने ढकाल पनि मन्त्रीका लागि राम्रो क्षमता राख्ने व्यक्तिमा पर्छन् । यसैगरी पोखरेलले पनि संविधानसभामा कानुन निर्माणमा ठुलो भुमिका निर्वाह गरेका थिए । 

स्रोतका अनुसार अहिले जनजातीको ठाँउमा जनजाती नै हुनुपर्छ भन्दै वसन्त नेम्वाङ र लीलानाथ श्रेष्ठमध्ये एकलाई ल्याउनुपर्ने लविङ समेत सुरु भएको छ । 

तर ३ नम्बर प्रदेशको कोटाबाट तामाङलाई हटाइएकाले ३ नम्बर प्रदेशकै खतिवडा यसमा उपयुक्त पात्र रहेको पार्टीका एकाथरी शिर्ष नेताको विष्लेशण छ । उनी केन्द्रीय सदस्य पनि हुन् । 

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना तामाङजस्तै कानुनको ज्ञातालाई नै उक्त मन्त्रालयको जिम्मेवारी सुम्पिनेछ । 

मन्त्रालयगत काममा मन्त्री तामाङले अरू मन्त्रालयको तुलनामा धेरै राम्रो काम पनि गरेका थिए । त्यति मात्र होइन, सरकारको डिफेन्स गर्ने मामिलामा पनि उनी अरू मन्त्रीभन्दा एक कदम अगाडि नै थिए । 

0 comments

Write Down Your Responses