Powered by Blogger.
हेटौडामा दोहोरी साँझ संचालन हुँदै


मकवानपुर / ३ नम्बर प्रदेशको राजधानी हेटौडामा ‘हेटौडा दोहोरी साँझ’ सँचालन हुँदैछ । हेटौडा उपमहा नगरपालिका वडा नम्बर १० टिसिएनरोडमा ६५ लाख लगानीमा हेटौडा दोहोरी साँझ संचालन गर्न लागेको संचालक प्रकाश गौतमले बताए ।

८० देखि १ सय जना अट्ने क्षमता भएको दोहोरी साँझमा हरेक दिन साँझ ५ बजेबाट बेलुका १२ बजेसम्म लोकप्रिय कलाकारहरुको साथमा पारिवारिक वाताबरणमा दोहोरी संचालन हुने अर्का संचालक हेमन्त ठाडा मगरले बताए ।

पछिल्लो समय बिस्तारै कला संस्कृतिको लोप हुँदै गइरहेको अबस्थामा त्यसको संरक्षण र प्रबद्र्धनका लागि दोहोरी साँझले महत्वपुर्ण भुमीका खेल्ने विश्वास लिएको गौतम बताउछन् । गौतमले थपे, “हेटौडा मनोरञ्जनको लागि पर्याप्त ठाउँको अभाव देखेको करण हेटौडेली वासीलाई नयाँ टेस्ट दिने चाहाना स्वारुप संचालन गर्न लागेको हो ।”

४ जनाको लगानीमा शुरु गर्न लागेको दोहारी साँझ अन्डरग्राउन्डमा भएकोेले कसैलाई पनि असर नपुग्ने बताएका छन् ।
यहि भदौ २१ गते उद्घाटन गर्ने तयारी स्वारुप निर्माण कार्य भईरहेकोछ । दोहोरीको सुभारम्भको दिन राष्ट्रिय ख्याति प्राप्त कलाकारको बिशेष प्रस्तुती रहने बताइएको छ । शुभारम्भको अवसरमा दोहोरी साँझमा आउने ग्राहकलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

0 comments

Write Down Your Responses