Powered by Blogger.
साहित्यकार बिर्खे अञ्जान हेटौंडामा सम्मानित

मकवानपुर ÷ साहित्यकार बिर्खे अञ्जान हेटौंडामा सम्मानित भएका छन् । साहित्य संगम मकवानपुरको नियमित सन्ध्यामा भएको कार्यक्रममा १० हजार राशी रहेको  सुभ्रदादेवि मदन मुडभरी स्मृति काव्य पुरस्कारद्धारा साहित्यकार अञ्जान सम्मानित भएका हुन।  

उक्त पुरस्कार हाल अमेरिकामा रहेका कवि दीपक मुडभरी ‘ मित्र’ ले मातापिताको स्मृतिमा स्थापना गरेका हुन् । साहित्यकार बिर्खे अञ्जान थाहा नगरका पालिका वासिन्दा हुन् ।

 साहित्यकारलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार गणेशप्रसाद लाठले सम्मानपत्र र पुरस्कार स्थापनाकर्ताले नगद प्रदान गरेका थिए । संगमका अध्यक्ष निमेष निखिलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तुल्सी थापा, भूपिन खड्कालगायतका साहित्यकारको सहभागिता रहेको छ ।

0 comments

Write Down Your Responses

pfizer vaccine