Powered by Blogger.
हेटौँडामा थपियो अर्को रेडियो, “रेडियो बुलेटिन ८९.७ मेगाहर्ज” सञ्चालमा

No automatic alt text available.मकवानपुर / मकवानपुरमा जिल्लामा सञ्चार क्षेत्रमा नयाँ आयम थप्ने उदेश्यले हेटौँडाबाट नयाँ रेडियोको रुपमा “रेडियो बुलेटिन ८९.७ मेगाहर्ज”ले सञ्चालन प्रारम्भ गरेको छ ।

रेडियो बुलेटिनले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि भदौ १३ गतेबाट समाचार सहितका कार्यक्रमहरु शुभारम्भ हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै रेडियो बुलेटिनका प्रवन्ध निर्देशक अनिलकुमार खातीले सञ्चारको क्षेत्रमा मकवानपुरमा नयाँ आयम थप्ने उदेश्यले सेवा प्रारम्भ गरेको जानकारी दिए ।

मकवानपुरको हेटौँडा वडा नंबर ५ सानोपोखरमा रहेको रेडियोले सूचना, संगित, मनोरञ्जनलाई प्राथमिकतामा राखेको रेडियोका स्टेसन म्यानेजर सुदिप विकले बताए ।
रेडियोको विषयमा जानकारी दिँदै रेडियोका समाचार प्रमुख धर्मेन्द्र दाहालले रेडियोले नाम अनुसारको काम गर्ने बताए । समाचारको क्षेत्रलाई महत्व दिएर काम गर्ने लक्ष्य राखिएको रेडियोले समाचारको क्षेत्रमा केहि नयाँ कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्ने समेत उनको भनाई रहेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तीन नंबर प्रदेशका महासचिव कृष्ण सारुमगर, वानका केन्द्रीय उपाध्यक्ष उज्वल चौँलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमगाई, तीन नंबर प्रदेश पत्रकार महासंघका सल्लाहकार गिरिजा अधिकारी लगाएतको आतिथ्यता रहेको थियो ।

0 comments

Write Down Your Responses