Powered by Blogger.
सुमार्गी दम्पत्तिलाई नेपाल भारत अन्तराष्ट्रिय रत्न सम्मान

मकवानपुर / हेटौंडा एकेडेमीका अध्यक्ष तथा उद्योगी अरुणराज सुमार्र्गी र एकेडेमीकी निर्देशक अंकिता सुमार्गीलाई नेपाल भारत अन्तराष्ट्रिय रत्न सम्मान प्रदान गरेका छन् ।
हेटौंडामा नेपाल र भारतीय कविहरुको शनिबार हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा भएको जमघट कार्यक्रममा भारतीय साहित्यकारहरुले कान्तिधारा साहित्य एकेडेमीको तर्फबाट  सुमार्र्गी दम्पत्ति सम्मान गरेको हो ।
साथै उनीहरुले तीन दिने महोत्सव अन्तर्गत पहिलो दिनको कार्यक्रम हेटौंडा एकेडेमी परिसमा बृक्षारोपण गरेर सकाएका थिए । भारतीय साहित्यकार मनोज कुमारले चम्पारणबाट ल्याएकोे अशोक, चम्पा लगायतका बिरुवा रोपिएको हो ।
नेपालका बरिष्ठ साहित्यकार तुलसी थापाको प्रमुख आतिथ्यता तथा भारतीय बरिष्ठ साहित्यकार डा. विजय पण्डितको विषेश आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा भारतीय कविहरु डा. सरोजनी तनह, दिलदार देहल्वी, बीर सिं मारतण्ड र सुरेखा कादियानले कविता वाचन गरका थिए ।

साथै नेपाली कविहरु पुरुषोत्तम आचार्य, छवि अनित्य, सुवास खनाल, भावना सापकोटा, ह्याग्रिव आचार्य र अंकिता सुमार्गीले कविता वाचन गरे । ७५ जना भारतीय कविहरु साहित्यिक कार्यक्रमसँगै हेटौंडाको पर्यटकीय तथा धार्मिक क्षेत्र सहिद स्मार घुमेका थिए ।


0 comments

Write Down Your Responses