Powered by Blogger.
कालिकामाईको बार्षिक साधारण भेला सकियो,अध्यक्षतामा चेतनाथ आचार्य

मकवानपुर, ४ भाद्र /  कालिकामाई टोल विकास संस्था हेटौडा ८ कमानेको १७ बार्षिक साधारण भेला सम्पन्न भएको छ। संस्थाका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा वडा नंम्वर ८ का अध्यक्ष गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिती उपाध्यक्ष सती न्यौपाने ,सदस्य सुशीला मल्ल,राजेन्द्र चौलागाई लागाएतको आतिथ्यता रहेको थियो । यसैविच आजको भेलाले चेतनाथ आचार्यको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिती चयन गरेको छ।  

समितीको उपाध्यक्षमा सारदा पौडेल, सचिवमा जिवराज बख्रेल र कोषाध्यक्षमा ज्ञानजन दोर्जे लामा चयन हुनुभएको छ। समितीको सदस्यहरुमा चन्द्र बहादुर श्रेष्ठ,मैयाँ कार्की,भिमसेन घिमिरे,वरस परियार रहनुभएको छ। संस्थाको नियम अनुसार २ जना वाल सदस्य पछि मनोनित गरिने संस्थाका अध्यक्ष आचार्यले जनाकारी दिनुभएको छ।

0 comments

Write Down Your Responses