Powered by Blogger.
लायन्स र लियोले ग¥यो बलात्कार तथा यौनजन्य हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम

मकवानपुर / महिला तथा बालबालिका माथि बलात्कार र यौनजन्य हिंसा बढ्दै गएकोले मकवानपुरमा रहेको लायन्स र लियो क्लवले बलात्कार तथा यौनजन्य हिंसा न्यूनिकरण गर्न मौनतालाई तोड बिषयक युवा सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । Image may contain: 14 people, people smiling, people sitting and indoor
आज हेटौडा उपमहा नगरपालिका ४ मा रहेको श्रमिक माविका विद्यार्थीहरुविच सचेतनामुलक  कार्यक्रम गरेको हो ।
महिला तथा बालिकामाथि अमानवीय रुपमा यौनजन्य हिंसा बढेपछि त्यसलाई निरुत्साहित गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरेको कार्यmक्रमका सभाध्यक्ष तथा लायन्स क्लव अफ हेटौडा भुटनदेविकी अध्यक्ष गौरी चिमरियाले बताइन् । Image may contain: 4 people, including Shambhu Nakarmi, people sitting
लायन्स क्लव अफ हेटौडा भुटनदेवि, लायन्स क्लव अफ हेटौडा मुक्तिनाथ, लायन्स क्लव अफ हेटौडा मनकामना, लायन्स क्लव अफ हेटौडा भुटनदेवि जोडाजोडि र लियो क्लव अफ हेटौडा भुटनदेविको संयूक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अथिति समेत रहेका ३२५ बि २ का सेकेन्ड भिपि शम्भु नर्कमीले सर्बत्र उठिरहेको बलात्कारी विषयलाई उठान गरि विद्यार्थीहरुलाई सचेत पार्ने काम गर्नु सहनि भएको बताए । उने थपे,“ विद्यार्थीहरुमा हिंसा भएको महशुस हुन्छ भने खुलेर सबै ठाउँमा वोल्नपर्छ ।” विद्यार्थीहरु सचेत भए परिवार सचेत हुने तर्क राख्दै हालको परिस्थितिमा यस कार्यक्रमले राहत दिने बताएका छन् । Image may contain: 4 people, including Shambhu Nakarmi and Lion Ankita Sumargi
ए.ओ.जि. लायन्स कृष्णराम न्यौपानेले महिलाहरु विभिन्न ठाउँमा बलात्कृत भईरहेको प्रति चिन्ता व्यक्त गर्दै यस कार्यक्रमले विद्यार्थीहरुलाई धेरै फाइदा पुग्ने विश्वास लिएको बताए । विद्यार्थीहरु शिक्षकबाट, आफ्नै वालवालिका परिवारबाट हिंसामा परिरहेको भन्दै यस तर्फ विद्यार्थीहरु सचेत भई खुलेर बोल्न आग्रह समेत गरे । 
इरियाचिप रवि कँडेल शर्माले विकृति विसंगतिलाई अन्य गर्नको लागि विद्यार्थीहरु सचेत हुनु पर्ने बताएका छन् ।  लायन्स क्लव अफ हेटौडा भुटनदेवि बजारकी अध्यक्ष लायन्स पुजा श्रेष्ठले कार्यक्रमबाट धेरैभन्दा धेरै ज्ञान आर्जन गरि जिवनमा सदुपयोग गर्न विद्यार्थीहरुलाई आग्रह गरिन् । लियो क्लव अफ हेटौडा भुटनदेविका अध्यक्ष अनिल अधिकारीले अहिलेको परिस्थितिमा सचेतानामुलक कार्यक्रम विद्यार्थीहरुलाई अति आवश्यक रहेको भन्दै सबैले खुलेर बोल्न आग्रह गरेका थिए ।
Image may contain: 3 people, including Anil Adhikari
 सो सचेतनामुलक कार्यक्रमलाई अन्तरदृष्टि नेपालका प्रवन्धक कल्पना शर्मा र सहजकर्ता रवि हमालले हिंसा न्यूनिकरणबारे विद्यार्थीहरुलाई प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।
सो कार्यक्रममा ए.ओ.जि. लायन्स कृष्णराम न्यौपाने, रिजन चेयरप्रशन तासिडोल्मा तुम्बाहाम्फे, जोन चियरप्रशन अंकिता सुमार्गी, डिस्ट्रिक कोअडिनेर निलम बैध, लायन्स क्लव अफ हेटौडा भुटनदेवि बजारकी अध्यक्ष लायन्स पुजा श्रेष्ठ, लायन्स तथा लियोका पदाधिकारीहरुको आथित्यता रहेको थियो । Image may contain: 14 people, including Lion Ankita Sumargi, people smiling, people sitting and indoor

0 comments

Write Down Your Responses