भेटिएको १६ हजार रुपैयाँ कलाकारले फिर्ता गरे

बिहिबार मकवानपुर गढी जाने क्रममा १६ हजार ६ सय १० रुपैँया सहितको पर्स भेटेपछि चौलागाई दाजुभाईले पर्समा भएको परिचयपत्रको आधारमा सम्वन्धित ब्यक्ति गढी गाउँपालिका वडा नंबर ४ कै घनश्यामसिंह ठकुरीलाई सम्पर्क गरेका थिए ।
ठकुरी सम्पर्कमा आएपछि चौलागाई दाजुभाईले उक्त रकम आज जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रहरीका रोहबरमा फिर्ता गरेका हुन् । रकम फिर्ता गरेछि प्रलयले भने ः आफुहरुले अरुको दुख गरेर आर्जन गरेको उक्त रकम जसरी पनि फिर्ता गर्नुपर्ने मनासयले खोजेर फिर्ता गरेका हौ ।
उता रकम फिर्ता पाएका ठकुरीले पैसा धेरै या थोरै जे भएपनि चौलागाई दाजुभाईले आफुलाई खोजेर भएपनि फिर्ता गरेकोमा उनिहरुको इमान्दारिताको प्रशंसा गरेका छन् ।
0 comments
Write Down Your Responses