Powered by Blogger.
थाहाका रामदाशलाई अन्तराष्ट्रिय स्वर्ण पदक


काठमाडौं । थाहा नगरपालिका १० न्हुलगाँउका रामदाश गोपालीले एक अन्तराष्ट्रिय कराते प्रतियोगिता स्वर्ण पदक हात पारेका छन् । 

गोपालीले गत १४ देखि २० तारिकसम्म जापानको राजधानी टोकियोमा भएको वल्र्ड कोसीकाई कराते च्याम्पीयनशीपमा १६ मुलुकका खेलाडीलाई पछि पार्दै स्वार्ण पदक चुमेका हुन् ।

सितोरिया करातेका दोस्रो डन समेत रहेका गोपाली विगत १५ वर्षदेखि निरन्तर खेलक्षेत्रमा संलग्न छन् । उनले प्रशिक्षक तथा अन्तराष्ट्रिय रेफ्रीको समेत भुमिका निर्वाह गर्दै आइरहेका छन् । 

नेपालका गोपालीले प्रथम स्थान हासिल गरी स्वर्ण पदक पाएसंगैं दोस्रो विजेता माली र तेस्रो बिजेता इरान भएका थिए । २०३८ साल फागुन ३ गते थाहा–१० न्हुल गाँउमा पिता चन्द्रबहादुर गोपाली र माता जमुना गोपालीका कोखबाट जन्मिएका रामदाश थाहा नगरको मात्र नभई यो मुलुककै नाम विश्वमा चिनाउने एक बहादुर नेपालीका रुपमा चिनीएका छन् । 

दामन पोष्ट परिवार काठमाडौं बागबजारमा सानोतिनो व्यवसाय र संगित क्षेत्रमा समेत हात हालेका उनको खेल क्षेत्रमा अझ ज्यादा प्रगतीको कामना गर्दछ । 




0 comments

Write Down Your Responses