Powered by Blogger.
राष्ट्रिय सभा सदस्य बिडारी सभापतिमा निर्वाचित


काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित विधायन तथासरकारी आश्वासन समितिको सभापतिमा राष्ट्रिय सभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारी चयन हुनुभएको छ । 

मंगलवार भएको सभापति चयनको उमेद्वारीमा बिडारीको एकमात्र दावी परेपछि उहाँ सो समितिको सभापति निर्वीरोध रुपमा हुनुभएको हो । 

बिडारीसंगैं विधायन व्यवस्थापन समितिका सभापतिमा परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापतिमा दिलकुमारी थापा निर्वाचित हुनुभएको हो । उहाँहरुले बुधबार नै अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।


निर्वाचित भएपछि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति बिंडारीले समितिले मुलुकभरका ऐन, कानून, नियम, नियमावलीको अध्ययन गर्ने र विज्ञको परामर्शमा कार्यान्वयन गर्ने र अभिलेख राख्ने कार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले दामनपोष्टसमक्ष भन्नुभयो ‘समितिबाट भएको निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग परामर्श गर्ने, राय लिने अनि मात्र निर्देशन दिइने छ । ’

विसं २०१६ वैशाखमा मकवानपुरमा जन्मिएका सभापति बिंडारीसँग संविधानसभाको मस्यौदा कार्यदलको सदस्य बनेर काम गरेको अनुभव छ ।

थाहा दर्शन अभियानका अनुयायी वरिष्ठ अधिवक्तासमेत रहेका सभापति बिंडारी हाल नेकपासँग आवद्ध हुनुहुन्छ । त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति गुरुङले समितिमा आएका विधेयकको विषयमा अध्ययन गर्ने, नेपालमा हालसम्म कति ऐन बनेका छन् सङ्ख्या पहिचान गरी कार्यान्यनको मापन गर्ने र नयाँ ऐनकोबारे सिङ्गो सदनलाई सहभागी गरेर अनुसन्धानलाई अघि बढाउने जानकारी दिनुभयो । 

त्यस्तैराष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति थापाले जनताको हित एवं मुलुकको विकास र समृद्धिका लागि सरोकारवाला पक्षसँग गहन छलफल गरेर समितिको कामलाई प्रभावकारी तुल्याउने दृढता व्यक्त गर्नुभयो । यसअघि नवनिर्वा्चित सभापति त्रयलाई सम्बन्धित समितिमा बधाई ज्ञापन गर्दै सफल कार्यकालाको लागि शुभकामना व्यक्त गरिएको थियो । 

राष्ट्रियसभा मातहतका चारमध्ये दिगो विकास तथा सुशासन समितिको सभापतिमा कसैको उम्मेदवारी नपरेका कारण राजनीतिक सहमतिका आधारमा छिट्टै निर्वाचन कार्यक्रम प्रकाशित हुने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।



0 comments

Write Down Your Responses