Powered by Blogger.
उपभोत्ता ठगी गर्नेलाई “ठाउँको ठाउँमै ” कारबाही गछौँ : तामाङ सिडिओ मकवानपुर

हेटौँडा,११ असोज ।  मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङमाले चाडपर्वको मौका छोपेर उपभोक्तालाई ठग्ने ब्यवसायीहरुलाई “अन द स्पट” कारबाही गर्ने चेतावनी दिएका छन् । न्युज क्लब नेपालको आयोजनामा हेटौँडामा भएको कार्यक्रममा बोल्दै प्रजिअ तामाङले यस्तो चेतावनी दिएका हुन् । 

प्रदेश नंबर ३ को राजधानी समेत रहेको हेटौँडा उपमहानगरपालिकाको बजार अत्यन्तै अब्यवस्थित रहेको भन्दै उनले  उपभोक्तालाई ठगि गर्ने ब्यवसायीलाई “अन द स्पट” कारबाही गर्ने र बजार ब्यवस्थापनमा पहल गर्ने बताए । 
मकवानपुरमा हुने गरेको अनुगमन समेत स्वार्थमा हुने गरेको आफुले जानकारी पाएको भन्दै प्रजिअ तामाङले आफुहरुले अब सानो टिम बनाएर सोमबारबाट गहन रुपमा अनुगमन गर्ने बताए । 

ब्यवसायीहरुमा पनि केहि “अण्डर विलिङ ” को समस्या रहेको भन्दै उनले सबै क्षेत्रमा गभ्मिर ढंगबाट अनुगमन हुने बताए । हेटौँडामा दर्ता नगरी धेरै ब्यवसायहरु सञ्चालनमा रहेको भन्दै उनले अनुगमनको क्रममा यस्ता ब्यवसायलाई तत्काल शिल गरेर कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिए । 

प्रजिअ तामाङले चाडपर्वको मौकामा यात्रुहरुसँग भाडादर भन्दा धेरै भाडा उठाए पनि कानुनबमोजिम कारबाही गर्ने बताए । आफुले ब्यवसायीहरुसँग यो विषयका कुरा भएको तर ब्यवसायीहरुले चाडपर्वमा काठमाण्डौँ जाँदा खाली जानुपर्ने भन्दै अहिलेको भन्दा धेरै भाडा लिनुपर्ने बताएको भन्दै उनले आफुलाई यस्ता कुरा मान्य नहुने बताए । 
आफुहरुसँग ल्याव नहुदा समेत विभिन्न खाद्यन्नहरुको परिक्षणमा समस्या भएको, अण्डर विलिङको कारण कपडाको अनुगमनमा समस्या भएको भन्दै उनले सकेसम्म यस्ता विषयलाई पनि अनुगमनबाट केहि भएपनि समस्या समधान गर्नुपर्ने बताए । 

अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुको पश्नको उत्तर दिँदै प्रजिअ तामाङले यस अघिका प्रजिअले के गरे भन्दा पनि आफुले एक्सन ओरन्टेड काम गर्ने स्पष्ट पारे । जनता ठगिनु हुँदैन भन्ने मान्यता सहित आफुले चाड पर्वमा बजार ब्यवस्थित बनाउनको लागि सोमबारबै लाग्ने समेत उनको भनाई रहेको छ । 

कार्यक्रममा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले अनुगमनमा धेरै संख्यामा जाँदा समस्या भएको बताएका छन् । प्रशासन कार्यालयले सानो टिम बनाएर अनुगमन गरे सहज हुने समेत उनको भनाई रहेको थियो । ब्यवसायीले म्याद नाघेको सामान बेच्ने ब्यवसायीको पक्षमा उद्योग वाणिज्य संघ खडा नहुने भन्दै उनले यस्तो विषयमा आफुहरुले प्रशासनलाई सहयोग गर्ने बताए । 

अनुगमनलाई चाडपर्वमा मात्र नभएर मासिक रुपमा गर्नुपर्ने भन्दै उनले केलाई खाद्य या के लाई अखाद्य रहेको भन्ने विषयनै अन्योल रहेको बताए । भारतबाट क्वारेन्टाइन जाँच पास भएर आएको सामानलाई हेटौँडामा आएपछि अखाद्य भन्न नपाउने र शिल लगाउन नमिल्ने उनले बताए । 

कार्यक्रममा बोल्दै चेम्वर अफ कमर्श मकवानपुरका अध्यक्ष विजय श्रेष्ठले अनुगमनलाई नियमित नभएर भिड जम्मा गर्ने काम भएको बताए । अनुगमनले मात्र हैन गल्ती गर्नेलाई जुन बेलापनि कारबाही गर्न प्रशासनलाई आग्रह गरे । अनुगमनको क्रममा प्रत्येक प्रशासकले आफ्नो नियम बनाउने काम गर्दापनि ब्यवसायीलाई समस्या परेको भन्दै अनुगमनको निश्चित अवधारणा बनाउनुपर्ने बताए । यहा दर्ता नगरेको ब्यवसायले सबैभन्दा धेरै अखाद्य बस्तु बेचेको भन्दै प्रशासनले त्यस्तालाई नहेर्ने र छुट दिएको जस्तो गर्ने तर दर्ता भएकोलाईचै धेरै झमेलामा फसाउने काम भएको बताए । 

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमगाईले चाडपर्वको समयमा खरको दैलोबाट उपभोक्ता ठगिन सुरु हुने भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए । प्रशासनले चाडपर्वको समयमा अनुगमनलाई विशेष ध्यान दिनुपर्ने समेत बताए । कार्यक्रम न्युज क्लब नेपालका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको हो ।

0 comments

Write Down Your Responses