Powered by Blogger.
लियो भुटनदेविको कार्य देखेर भक्तजनहरु हर्षित

मकवानपुर / हिन्दुनारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारि  हेटौडाको पशुुपति मन्दिर परिसरमा निशुल्क स्वास्थ्य शिविर संचालन हुँदा भक्तजनहरु निकै हर्षित थिए ।

 र्दशन गर्न आएका भत्तजनहरुलाई लक्षित राखि लियो क्लब अफ हेटौंडा भुटनदेवीले आयोजना गरिएको स्वास्थ्य शिविरमा निशुल्क परिक्षणका साथै उपचार पाउँदा निकै खुशी देखिएको आयोजक क्लवका अध्यक्ष अनिल अधिकारीले बताए ।
चुरेहिल हस्पिटलको प्राविधिक सहयोग र युनियन ड्रग हाउसको औषधी सहयोगमा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा ४५ जनाले सेवा लिएका थिए । शिविरमा पेट दुख्ने, ग्यासटिक तथा बिहोस भएर ढल्ने लगायतका बिरामीको उपचार सहित निःशुल्क औषधी प्रदान गरिएको कार्यक्रम संयोजक अमित दाहालले बताए । 
विहान ११ वजे देखि शुरु भएको शिविर साँझ ५ वजे सम्पन्न भएको थियो । लियो क्वल अफ हेटौडा भुटान देविका अध्यक्ष अनिल अधिकारीकोे सभाध्यक्षतामा भएको शिविरमा लायन्स क्वलका पदाधिकारी, लियो क्वल क्वलका सम्पूर्ण पदाधिकारीहरुको उल्लेखनिय उपस्थित रहेको थियो । लियो क्लव अफ भुटनदेविले विभिन्न स्थानमा गई सामाजिक कार्यहरु गर्दै आईरहेको छ । 

0 comments

Write Down Your Responses