Powered by Blogger.
म एकिकृत संगठनको नेतृत्वको दावीबाट पछि हटेको छैन

महेश बर्तौला, अध्यक्ष, अनेरास्ववियु


हालै चीन भ्रमण गरि फकिर्नु भयो, भ्रमण कस्तो रह्यो  र के उपलब्धी भयो ?

यो भ्रमण सामान्यतया चीनले आफनो विकासको सन्दर्भमा विकासोन्खुम  मूलुकहरु एसिया र अफ्रिका लगायत केहि देशका सांसद, मन्त्री, राजनीतिक पार्टीका युवा नेताहरु तथा संगठनका बिभिन्न पंंतीमा रहेका ब्यक्तिहरुलाई प्रतिनीधिका रुपमा करिव १३ वटा देशका मानिसलाई सहभागीता गराएर मिनिस्टर लेवलको कार्यक्रमको आयोजना गरिएको थियो । 

त्यो कार्यक्रमले वास्तवमा चीनको विकासको सन्दर्भममा कसरी अगाडि बढेको छ, त्यसलाई टिकाउनको लागि कस्तो चुनैति छ भन्ने कुरा र त्यो विकास अहिले बिश्वकै दोस्रो ठुलो अर्थतन्त्र भएको राष्ट्र चीनले गरेको छ भन्ने बुझियो ।  उसले यो ठाउँमा पुग्नका लागि के–के ग¥यो ?  त्यसलाई कायम गर्न चिन के गर्दै छ ? बिश्वको पहिलो अर्थतन्त्र भएको राष्ट्र बनाउनको लागि चीन कुुन योजनाका साथ अगाडि  बढ्दै छ ? त्यहाँका राजनीतिक नेताहरुले कुन ढंगले योजना  अगाडि बढाउदै छन् ? यी तमाम पक्षका विषयमा वास्तवमा मसिनो अध्ययन गर्ने अवसर प्राप्त  भयो । 

मलाई लाग्छ , व्यक्तिगत रुपमा भन्नु पर्दा भोलि राजनीतिक आन्दोलनमा समाज  परिर्वतनको आन्दोलनमा काम गर्न एउटा सामाजिक अभिन्यता  तथा कार्यकता भएको नाताले यो भ्रमणबाट केहि अध्ययन गर्ने, केहि ज्ञान प्राप्त हुने त्यो अवसर चाहि मलाई प्राप्त भयो । 

वास्तवमा  मूलुकको विकास  गर्नेका लागि  राष्ट्र प्रति, देश प्रति, जनता प्रति पुरै केन्द्रित भएर नेता, जनता र कर्मचारी तन्त्र लाग्नु पर्ने देखियो । 

चीनको विकास चाहि के देखियो भने त्यहाँका नेताहरु  र कर्मचारी तहका मानिसहरु आफनो जिम्मेवारी पुरा गर्ने र त्यस तर्फ इमान्दार भएर काम गर्ने प्रचालन छ ।  त्यहि कामको परिणाम चीनले जम्मा ४० वर्षको अवधीमै यसरी रारातार प्रगती गरेको देखियो । 

त्यस कारण नेपालले धेरै बोल्ने  भन्दा पनि धेरै काम गर्ने तर्फ नेतृत्वले ध्यान दिनुपर्छ । यो गर्ने हो भने नेपालमा पनि विकास हुन्छ । 

बिद्यार्थी संगठन  समायोजनको विषय कहाँ पुग्यो, अब नेतृत्व समायोजनमा के भइरहेको छ ?

मूलुकका दुई ठुला कम्युनिष्ट पार्टीहरु एक भए  । दुई पार्टी अन्तर्गतका बिभिन्न युनिटहरु जनसंगठनको तहमा, पार्टीका बिभिन्न जिल्ला तहका इकाईहरुमा एकता हुने काम प्रक्रीया अगाडि बढि रहेको अवस्था छ  । 

स्वाभाविक रुपमा ठुलो संरचना  भएको हिसावले अलि समय  लिन्छ नै । किन भने यसको सवै खालको प्रक्रिया टुङगीनको लागि अलिकति समय लाग्ने भएकोले हामी त्यही हिसावले तयारीमा छौं । तर हामी अहिले एकताको करिव करिव अन्तिम चरणमा छौ । 

सामान्यतया जेठ ३ गते दुई ठुला पार्टीको एकता भएकै दिनमा सैद्धान्तीक राजनीतिक हिसावले हाम्रो पार्टीको जनसंगठनहरुको तहको इकाईको एकता त भैसक्यो । तर संरचनागत एकताको अहिले प्रयत्न हो । हुदै छ । र, अनेरास्वीयुको तहबाट कुरा गर्दा खेरी हामी यो एकता चाहि करिव करिव अन्तिम तहमा पुगिसकेका छौ । 

नामका विषयमा, बिधानका  विषयमा, राजनीतिक सन्र्दभका विषयमा लगायत सबै हामीले टुङगो लगाई सकेका छौ । संगठनको आकार प्रकार पनि टुंङगो  लागि सकेको अवस्था छ । 

अव नेतृत्वको विषय कसरी हल गर्ने भन्ने कुराको अहिले छलफल भैरहेको छ । मलाई लाग्छ अब केहि दिनमा  नेतृत्व सिंगो पंती टुंगो लगाई अगाडि बढ्छौ । 

तपाईको संगठनको अहिले आफै आफैं कार्यवाहक अध्यक्ष हुनुहुन्छ, तर अनेरास्वीयु नेतृत्वबाट पछि  हट्यो भन्ने कुरा छ, यो के हो , प्रस्ट पारिदिनुस् ?

यस्तो होइन् । यसमा के छ भने अब सामान्यतया हामी दुई पार्टी एक भैसकेपछि त्यस अन्तर्गतका जन संगठनहरु पनि एक हुदै छौं । अर्थात अनेरास्वीयु र अनेरास्वीयु क्रान्तिकारी पनि सैद्धान्तीक र राजनीतिक रुपममा एक भैसक्यो । 

यसको सौदावाजी भन्दा पनि  बिद्यार्थी आन्दोलनलाई कसले नेतृत्व गर्न सक्छ ? नेपालको  एकेडेमीक मुभमेन्टलाई सैद्धान्तीक आन्दोलनको धारबाट अगाडि बढाउन कस्ले सक्छ ? भन्ने हो ।  त्यो क्षमता राख्ने, त्यो योग्यता भएको यो आन्दोलनमा पनि लामोे समय देखि निरन्तर क्रियाशिल रहेकाहरु छन् । 

त्यो व्यक्तिको खोजीमा पार्टी नेतृत्व लागि रहेको छ । यसरी हेर्दा अखिंल क्रान्तिकारीबाट पनि नेतृत्व आउन सक्छ । र, अनेरास्वीयुको तर्फबाट पनि नेतृत्व आउन सक्छ । 

अब जुन नेतृत्व भएपनि हाम्रो पार्टी अन्तर्गत नेता आउने हो । यसमा यो हुनुपर्छ, उ हुुनुपर्छ भनेर न त छेक्ने पक्षमा कोहि छ । नत कसैलाई रोक्ने पक्षमा कोहि छ । त्यस कारण आवश्यकताको सिद्धान्तबाट कसलाई जिम्मेवारीमा  ल्याउदा, नेतृत्वमा ल्याँउदा आन्दाोलन मजबुत हुन्छ त्यो हेरिनुपर्छ । 



 बिद्यार्थी मजबुत भए मात्र पार्टी मजबुत हुन्छ । यो कुरामा पार्टीले पनि ध्यान दिएको छ । मलाई के विश्वास छ भने यसको नेतृत्व चाहि निर्वतमान अनेरास्वीयुले नै नेतृत्व गर्ने कुरा स्वभाविक हुन्छ । 

किन भन्दा नेतृत्वको संख्या क्षमता योग्यताका हिसावले राम्रो अनुभवका हिसावले पनि बिद्यार्थी मुभमेन्टलाई ठिक रुपमा अगाडि बढाउने क्षमता, योग्यता निर्वतमान अनेरास्ववियुमा छ । 

मैले क्रान्तिकारीमा यस्तो क्षमता छैन भन्न खोजेको चाहि होइन । तर अखिंलका साथीहरु यो योग्यता प्राप्त गर्न योग्य छन् की जस्तो लाग्छ मलाई । त्यस कारण नेतृत्वमा चाँहि अब स्वभाविक रुपमा अखिंलले नै नेतृत्व गर्छ भन्ने कुरामा मेरो बिश्वास छ ।

तपाई सम्भावना भएको युवा नेता पनि अनि अखिंलको अध्यक्ष पनि तर नेतृत्वबाट पछि हट्यो भन्ने कुरा छ, अब यसमा तपाई कसरी अगाडि बढ्नु हुन्छ ?

यसमा त मान्छेले छलफल अनेकौं कोणबाट  चलाई रहेको हुन्छ । के ग¥यो भने अगाडि भएको हुने  अनि के ग¥यो भने पछाडि परे जस्तो देखिने ? यो कुरा मैले आफै बुझ्न सकेको अवस्था छैन । 

त्यस कारण के हो भने म अहिलेको वाहालवाल केन्द्रिय कमिटिको उपाध्याक्ष, उपाध्यक्ष भित्र पनि सबै हिवासले सिनियर हुँ । अर्थात मैले अरु उपाध्यक्षहरु जुनियर हुन् भन्ने खोजेको होइन । उहाँहरु पनि समाकालिन हुनुहुन्छ । 
तर म जिम्मेवारीका सबै इकाइहरुमा आज सम्मका काम गरिसकेकाले  म अरु भन्दा पछि छैन भन्ने मेरो जिम्मेवारीबाट पुष्टी हुन्छ । त्यस कारण अहिले म अध्यक्ष बन्ने कुरामा दृढताका साथ लागेको छु । 



तर म अध्यक्ष बन्ने नाममा सबै मान्छेलाई धारे हात लगाई हिँडेको छैन । गलत खालको प्रयत्न गरेको छैन । अरु मान्छेलाई होचो बनाएर आफु अग्लो बन्न खोजेको छैन । म आफनो राजनीति बिधी, मूल्य र  मान्यता भित्र बसेर गर्छु । 

पार्टीको एउटा सिपाई कार्यकता भएको नाताले म अखिंलको आगामी दिनको आन्दोलनको नेतृत्व गर्न सक्ने योग्य क्षमतावान भएका लामो  समय बिद्यार्थी आन्दोलनको अनुभव संगालेर आएको हुँदा  म त्यो परिचयबाट अगाडि बढि रहेको छु । 

पार्टी नेतृत्वहरुले उपयुक्त ढंगले निर्णय गर्ने कुरा छ । मलाई लाग्छ उपयुक्त फैसला गर्ने जिम्मेवारी पार्टी नेतृत्वलाई छ । त्यहि भएका कारण म पछि हटेको छैन । र, पार्टीको नेतृत्वले पनि महेश बर्ताैला अनुपयुक्त पात्र हो भनेको छैन । यो भन्दा पनि  भन्दैन । 

किन भने उहाँहरुले सरल ढंगले बुझ्ने कुरा, उहाँहरुले बुझि रहनुभएको छ । अनेरास्ववीयुको नेतृत्व चयन  हुदा खेरी वास्तवमा त्यसको नेतृत्व मैले आफैले गर्छु । यस कुरामा म पुर्ण विश्वस्त छु ।

शैक्षिक सम्बन्धन दिएका शैक्षिक संस्था व्यापारीकरण भएका छन्, यसमा तपाईको ध्यान नगएको हो ?

ध्यान नगएको चाँहि होइन् । अबको बिद्यार्थी आन्दोलनको कार्य दिशा नै शिक्षा स्वास्थ्य जस्ता आभारभूूत कुराहरुमा राज्यको पंँहुचमा ल्याउनु पर्छ । नीजि ब्यक्तिहरुले नाफाको उपयुक्त बजारको रुपमा बुझने कुुराको अन्त्य गर्नु पर्छ । 

व्यापार गर्नको लागि बिभिन्न खालका व्यापारिहरुलाई शिक्षामा लगानी गर भनेर राज्यले अब चाहि रातो कार्पेट बिछ्याइ लाइसेन्स वितरण गर्ने यो परिपाटीको अन्त्य गर्नु पर्छ । 

यदि यसरी अन्त्य गरिएन भने यो देशमा जति ठुला समृद्धीका कुरा गरे पनि, विकासका कुरा गरेपनि,  परिर्वतनका कुरा गरे पनि त्यो वास्तवमा सम्भावना छैन । किन भने जुन देशमा शिक्षा महंगो छ, जुन देशमा शिक्षा नागरिकको पँहुच भन्दा टाढा छ, त्यो देशमा विकास पनि भएको छैन ।

 दुनियाँका सबै ठुला विकसीत राष्ट्रलाई हेर्नु भयो भने त्यो देशले महत्वपुर्ण ढंगले शिक्षालाई अनुशरण गरेको छ । जनताको पहुँचमा शिक्षा  अर्थात शिक्षा सरल पहुँचले जोड्ने अवस्था बढाएको छ । 

नेपालमा अहिले पनि हेर्ने हो भने प्राविधिक शिक्षा आज गरिवहरुको पहुँचमा छैन । त्यो धनिहरुको पहुँचमा मात्र छ । एउटा गरिव जनता ईन्जिनियर पढ्न सक्दैन ,मेडिकल,मेडिसीन,नसिंङ पढ्न सक्दैन्न । 

अरु प्राविधिक शिक्षा पढ्न सक्दैन् । कारण के हो भने प्राविधिक शिक्षा मंहगो छ । त्यस कारण अव सरकारले सबै जनताको पहुँचमा  पुग्ने सक्ने त्यो शिक्षाको विकास गर्नको लागि  उपयुक्त शिक्षा नीति निर्माण गर्नु पर्छ । 

त्यो भनेको नीजिलाई नाफाका लागि जति नै हिसावले उसलाई लगानी  गर्न खुल्ला छोड्ने कुरा बन्देज गर्नु पर्छ । नीजिलाई टोटल्ली बन्द गर्न आजका दिनमै सकिदैन । हामीले नीजिलाई टोटल्ली बन्द गर्नुु पर्छ यो पनि भन्दैनौ । 

अब गर्न के पर्छ भने राज्यको लगानी बृद्धि गर्ने र त्यसलाई  जनताको तहमा जोड्नका लागि अब शिक्षामा ब्यक्तिले संचालन गर्ने कुरा रोक्नु पर्छ ।

अबको शिक्षा नीति के हुनुपर्छ भन्ने प्रश्नमा पब्लिक,पाईभेट पाटनरीसि पोलिसिबाट नेपालको शिक्षालाई अव अगाडि बढाउनु पर्छ । यो भयो भने शिक्षामा अलि व्यवस्थित हुन्छ । हामीले पुर्णरुपमा आजकै दिनमा कुरौ राज्यकरण गर, सरकारीकरण गर वा शिक्षा टोटल्ली सरकारले कमाण्डरमा लिनुपर्छ भन्दैनौं ।  

टोलल्ली नीजि शैक्षिक संस्थाहरु पुरै बन्द गर भन्न मिल्दैन । नीतिलाई पनि पब्लिकसंग जोडेर ल्याउने, सरकारले पनि अलिकति   लगानीमा  बृद्धि गर्ने यस हिसावले जानु पर्छ । सरकारले  प्रत्येक निर्वाचन क्षेत्रमा अब आवासिय बिद्यालय सहित शैक्षिक संस्थाहरु खोल्नु पर्छ । 

प्रत्येक प्रदेशममा  व्यवस्थित युनिभर्सिटी बनाउनु पर्छ । बिभिन्न आँगीक क्याम्पसहरु सरकारको लगानीमा खोल्ने, यस हिसवाले सरकारले कुुल बजेटको करिव २० प्रतिशतको हाराहारीमा शैक्षिकमा लगानी गर्ने हिसावले अगाडि बढ्नु पर्छ । 

यहि हिसावबाट  सरकारलाई अगाडि बढाउन  पे्ररित गर्ने , खदरदारी  गर्ने, दवाव उजागरण  गर्ने काम अवको बिद्यार्थी आन्दोलनको दिशामा हुुनु पर्छ ।

त्यो दिशालाई बोक्न सक्ने उपयुक्त नेतृत्व चाहिन्छ । त्यो नेतृत्व भनेको  महेश बर्तौला हो । त्यो जिम्मेवारी पुरा गर्न म कल्यिै पनि पछि हट्दीन । 

अहिले कलेजमा बिद्यार्थी भर्नाको समय हो,कलेजले धेरै शुल्क लिइहेको छ, बिद्यार्थी मारमा परेका छन्, तर बिद्यार्थीको हकहितको लागि काम गर्ने तपाईहरु चाहि किन मौन ?

होइन, हामी मौन छैनांै । यो विषमा तपाईहरुले पनि जस्ताको जस्तै बुझि दिनु पर्छ । दुर्भाग्य के हो भने  सरकारका मातहका निकायहरु निरिह भए । हाम्रो देशमा कानुन  छ । विधी छ । ऐन छ । नियम छ । सम्बन्धित शैक्षिक संस्थाहरुले कति फि लिने भन्ने विषयमा एउटा मापदण्ड तय भएको छ ।

 तर त्यो मापदण्ड कार्यान्वयन गर्दैन शैक्षिक संस्थाहरुले ।  किन भने शैक्षिक संस्थाहरु राजनीतिक दलको आडमा रहनेहरुले संचालन गरे ।  शैक्षिक संस्था संचालकहरु आज शक्तिशालि भए ।  राज्यका बिभिन्न निकायहरुले नीजि शैक्षिक संस्थालाई कमाण्ड  गर्ने, निर्देशन जारी गर्ने, कारवाही गर्ने हैसियत नै नराख्ने गरि पहुँचवाला मान्छे चाहि आज ठुला ठुला कलेज संचालक भए । 

सांसद संचालक भए, ठुला घनाढ्य, व्यापारी ,पार्टीका उच्च तहका नेताहरु शैक्षिक संस्थाका लगानी कर्ता भए ।

तपाईले भन्न खोजेको के, सरकार कमजोर भो, भ्रष्टचार घुसखोरी कलेज संचालक शक्तिशाली भए भन्ने हो ?

हो, यसमा कुरा के हो भने सरकारी  तहको निकाय निकम्मा भयो । निरिह भयो । नीजि शैक्षिक संस्था खोल्ने  व्यक्ति बलशालि भए । त्यस कारणले गर्दा खेरी त्यो अन्तरभेद  भयो । त्यस कारण हामीले के भनेका छौ भने अब नीजि शिक्षा निरुत्साहीत गर्दै जानुपर्छ । 

पब्लिक पोलिसिबाट जानु पर्छ । र, अब लगानी पनि कस्ले गर्ने  भन्ने प्रश्ट हुनुपर्छ ।

रक्तचन्दन तस्करहरु आज शिक्षामा लगानी गर्दैछन् । शिक्षा कानुन  नमान्ने, मापदण्ड अटेरी गर्ने, तीनलाई कारवाही नगर्ने  त्यो खालको सरकारी निकायलाई पनि दण्दीत गर्नु पर्छ ।  

यस्ता केहि प्रावधान राखेर  अगाडि नबढ्ने हो भने नेपालको शिक्षामा लोकतन्त्र आउदैन । यो देशमा राजनीतिक दलमा मात्र लोकतन्त्र आयो । तर नेपालको शिक्षामा लोकतन्त्र आएको छैन । गणतन्त्र भएको छैन । त्यस कारण अबको बिद्यार्थी आन्दोलनको दिशा भनेको शिक्षामा प्रजातन्त्र ल्याउनु हो । 

त्यो लडाई अगाडि बढाउँदा खेरी सामानतामा आधारित सवै जनताको पहुँचमा जोडिएको शिक्षालाई स्थापित गर्न  पर्छ । हामीले  त्यो ठुलो लडाई लड्न पर्छ । त्यो लडाई लड्न सक्ने तागत बिद्यार्थी आन्दोलनले देखाउनु पर्छ । मलाई लाग्छ, त्यो तागत हामी अनेरास्वीयुहरुले प्रर्दशन गर्न सक्छौ । त्यो गर्ने गरि अगाडि बढ्छौ ।

अन्तिममा केहि  सन्देश छ ?

आमरुपमा अब बिद्यार्थी आन्दोलनलाई ठिक ढंगले अगाडि बढाउनका लागि अनेरास्वीयु गतिवान ढंगबाट अगाडि बढ्छ । शिक्षा क्षेत्रको विकृति विसंगतीको अन्त्यको लागि दृढताका साथ हामी क्रियाशिल हुन्छौ । 

र, अबको बिद्यार्थी आन्दोलनको दिशा भनेको अधिकार प्राप्तिको लागि होइन । अव निर्माणको चरणमा सरकारले आज सम्म प्राप्ति गरेका उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नको निम्ती सरकारलाई  खदरदारीको भूमिकामा राख्न जरुरी छ ।  

अब हामी शैक्षिक आन्दोलनलाई मुख्य विषय बनाएर अगाडि  बढ्छौं ।  



0 comments

Write Down Your Responses