Powered by Blogger.
महिला अभियान नेपालकी अध्यक्ष यशोदा कार्कीले गरिन् बालवालिकालाई खाद्यान्न सहयोग


काठमाडौं । महिला अभियान नेपालकी अध्यक्ष यशोदा कार्काेले श्री अनाश्रित वालवालिका उत्थान केन्द्रलाई खाद्य सामाग्री हस्तान्तरण गरेकी छन । 

पाँच बर्षदेखि महिला र वालवालिकाको क्षेत्रमा कार्य गदै आएकी संस्थाकी अध्यक्ष कार्कीले बिगतमा पनि बिभिन्न सस्थाहरूलाई सहयोग गदै आएकी छन । 

अध्यक्ष कार्कीलाई श्री अनाश्रित वालवालिका उत्थान केन्द्रका अध्यक्ष कृष्ण शिवाकोटीले खादा र सम्मान पत्रद्धारा सम्मान गरे । 

कार्यक्रममा  नेपाल सरकारका सहसचिब बेद बहादुर कार्की  नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका केन्द्रीय पार्षद तथा रेखाङ्कन मासिकका प्रधान सम्पादक शैलेन्द्र केसी, गुडबिल हेल्थकेयरका संचालक रोशन परियार लगायतको आतिथ्यता थियो ।

कार्यक्रममा अतिथिहरुले सो केन्द्रद्धारा आश्रित वालवालिकाहरुसंगै संगै खाना खाएर आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उत्थान केन्द्रका अध्यक्ष शिवाकोटीले विभिन्न जिल्लाका असाहय र जनयुद्धको चपेटामा परेर अन्यौल भविश्य भएका १६ जना बच्चालाई  आश्रय दिनुका साथै पढाइरहेका छन् ।


0 comments

Write Down Your Responses