Powered by Blogger.
तीन साता देखी विद्युत अवरुद्ध हुदाँ कैलाशको २०० घरधुरी अन्धकारमा बस्न बाध्य

कैलाश गाउँपालिका / मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ र ६ को गोगने र पकनेमा तीन साता देखी विद्युत सेवा अवरुद्ध हुदाँ सिगो गाउँ अन्धकार भएको छ । गाउँको छेउमा रहेको ट्रान्सर्फमर पट्किए पछि तीन साता देखी गाउँ नै अन्धकार भएको स्थानीय तिलक मगरले जानकारी दिए ।

ट्रान्सर्फमर पट्किए पछि वडा नम्बर ५ को बेसीटोली र ६ नम्बरको तल्लो पकने, मजुवा, कागुने गरि त्यहाँका २०० घरधुरी अन्धकारमा बस्न बाध्य छन । विद्युत नहुँदा कुटानी पिसानीमा समस्या भएको छ भने, टिभी, रेडियो सुन्ने , मोवाईल चार्ज गर्ने कार्य ठप्प भएको छ ।

विद्युत सुचारु गर्न प्राधिकरणमा पटक पटक जानकारी गराएपनि सुनुवाई नभएको स्थानीयहरुले बताएका छन् । गते ५ गते हामीले टेलिफोन गरेर बुझ्दा नेपाल विद्युत प्राधिकरण पालुङ शाखाका प्रमुख सन्तोस पन्तले विद्युत प्रवाह कै क्रममा ट्रान्सर्फमर पट्किए पश्चात पुर्ण रुपमा विद्यतु आपुर्ति नभएको स्वीकार गर्दै सो समस्याको समाधान तर्फ लागिरहेको बताएका थिए । उनले नेपाल विद्युत प्राधिकरण अन्र्तगत रहेको केन्द्रिय वर्कसप कार्यालयबाट ढिला गरेका कारण ढिला भएको भन्दै ३ दिन भित्रमा ट्रान्र्समिटर जडान भईसक्ने बताएका थिए । 
उपभोक्ता आक्रोषित
अबरुद्ध भएको तीन हप्ता हुँदा समेत विद्युत सुचारु नभएको भन्दै कैलाश ५÷६ का उपभोक्ता आक्रोषित बनेका हुन् । ३ दिन भित्र समधान हुने बताएका विद्युत प्राधिकरणका प्रमुख पन्तले ५ दिन बितिसक्दा पनि समाधान नभए पछि आक्रोषित बनेका व्यवसायी, स्थानिय उपभोक्ताको डेलिगेशन टोलिले नेपाल विद्युत प्रधिकरण पालुङ शाखाको कार्यालयमा गएर आक्रोष पोखेका छन् ।

३ हप्ता हुँदा सम्म पनि ट्रान्सर्फमर जडान नगरेको र पुरानो पोल लाई पहिचान गरि नयाँ पोल फेर्न पटक पटक आग्रह गर्दा पनि वेवस्ता गरेको भन्दै डेलिगेशन टोलिले पालुङ शाखाका प्रमुख सन्तोष पन्त माथि आक्रोष पोखेका हुन् । 

२५ केभि क्षमता भएकोे ट्रान्सर्फमरको आवश्यक पर्ने ठाउँमा १५ केभि क्षमता भएको ट्रान्सर्फमर जडान गर्नको लागि पठाएर झारो टार्ने काम गरेको भन्दै उपभोक्ताहरु आक्रोषित बनेको हो । 

कम क्षमताको ट्रान्सर्फमर हुँदा बेलुकाको समयमा बिजुलीको भोल्टेज कम भई गाउँभरि बत्ती नबल्दा गाउँले सास्ती बेहोर्नुपरेको थियो । यस्ता समस्याहरु झेल्नु पर्ने अवस्था श्रृजना हुने र सो कम क्षमताकोे ट्रान्सर्फमर जडान नगर्ने भन्दै २५ केभिको ट्रान्सर्फमर जडान गर्न माग गरेकोे डेलिगेसनमा गएका टोलिको नेतृत्व गरेका सानोभाई विष्टले बताए । 

डेलिगेशन प्रश्चात १ हप्ता भरिमा २५ केभिको ट्रान्सर्फमर जडान गर्ने र तत्कालको लागि १५ केभिको ट्रान्सर्फमरले काम चलाउने र पुरानो पोललाई पहिचान गरि नयाँ पोल हाल्ने सहमती भएको जनाएको छ । अबरुद्ध भएको विद्युतको ७ दिन भित्रमा समाधान हुने भएपछि आक्रोषित उपभोक्ताताहरु फर्किएको विष्टले बताए । 

डेलिगेसन पश्चात उक्त प्रतिबद्धताको कार्यान्वयन नभएमा अर्को कदम चालिने डेलिगेसनमा सहभागीहरुले बताएका छन्। 

0 comments

Write Down Your Responses