Powered by Blogger.
‘गिभ मि दिस माउन्टेन समिट २०१८’ को शिखर सम्मेलन काठमाडौंमा शुरु

कुमारसिंह विष्ट । 
काठमाडौं । नेपाल ख्रीष्टियान समाज (एनसीएस) र नेपाल राष्ट्रिय मण्डली संगती (एनसीएफ) नेपालको संयुक्त आयोजना र ग्लोबल चर्च नेटवर्कसँगको संयोजनमा राजधानी काठमाडौंमा मंगलबार ‘गिभ मि दिस माउन्टेन समिट २०१८ ’ शिखर सम्मेलन शुरु भएको छ । आज मंलगबार शुरु भएको शिखर सम्मेलन विहीबारसम्म संचालन हुनेछ । 
शिखर सम्मेलनलाई ‘गिभ मि दिस माउन्टेन समिट २०१८’ आयोजक समितिका संयोजक पास्टर विश्व देव खड्काले शुरुको प्रार्थना गरेर संचालन गरियो भने एनसीएफ नेपालका अध्यक्ष रेभ हनोक तामाङले सम्मेलनमा देशभरबाट पाल्नु भएका सयौं चर्चका पास्टरअगुवाहरुलाई स्वागत गर्नु भयो । 
आजको पहिलो दिनको सम्मेलनमा ग्लोबल चर्च नेटवर्कका प्रमुख डा.जेम्स व डेभिसले गिभ मि दिश माउन्टेन विषयमा वचनबाट प्रचार गर्नुभई सहभागीहरुलाई उत्साहीत पार्नुभयो भने सम्मेलनका संयोजक पास्टर विश्व देव खड्काले ‘गिभ मि दिश माउन्टेन समिट २०१८ ’ शिखर सम्मेलनको दर्शनका वारेमा सहभागीहरुलाई प्रकाश पार्नुभयो ।
त्यसैगरि आजको शेसनमा रेभ पास्टर टेक दाहाल,रेभ डेविड सोब्रेपेना र रेभ पास्टर दिलिप क्षेत्रीले विभिन्न विषयमा वचनको सेवा दिनुभयो । शिखर सम्मेलनमा देशभरका सातै प्रदेशबाट एक हजारको संख्यामा पास्टरअगुवाहरु सहभागी भएका छन् । 
आजको पहिलो शेसनलाई रेभ मुकुन्द शर्माले कुशलतासाथ संचालन गर्नुभयो भने पास्टर शमूएल कार्थकले आराधनामा अगुवाई गर्नुभयो ।
 
सम्मेलन उद्घाटनकैक्रममा आयोजकले एसम्लीज् अफ गड नेपालका अध्यक्ष रेभ पास्टर जोशेफ श्रेष्ठ, एनसीएफ नेपालका अध्यक्ष रेभ पास्टर हनोक तामाङ, रेभ पास्टर सिमोन पाण्डे, ,रेभ मुकुन्द शर्मा, रेभ पास्टर दिलिप क्षेत्री, रेभ सुन्दर थापा, रेभ टंक सुवेदी, रेभ हर्कबहादुर खड्का, पास्टर राजेन्द्र मल्ल,रेभ वर्णवास श्रेष्ठ, पास्टर बिरबहादुर तामाङ,पास्टर पावल वस्नेत, रेभ.टेक दाहाल, रेभ शमूएलडन  कार्थक, रेभ डिल्ली सुब्बा, रेभ डिल्लीराम पौडेललगायतकाहरुलाई खादा लगाएर स्वागत गरियो । त्यसैगरि ग्लोबल चर्च नेटवर्कका प्रमुख रेभ डा.जेम्स व डेभिस लगायत विदेशी वक्ताहरुलाई पनि खादा लगाएर स्वागत तथा सम्मान गरियो ।
 

0 comments

Write Down Your Responses