टिष्टुङ महोत्सव सफल बनाउन गरे थाहाका जनप्रतिनीधहरुले प्रतिवद्धता
मकवानपुर / थाहा नगररपालिकाको टिष्टुङ (बज्रवाराही)मा संचालन हुने टिष्टुङ महोत्सव सफल बनाउनको लागि थाहा नगरपालिकाका जनप्रतिनीधहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । महोत्सव मूल आयोजक समितिले थाहा नगरका विभिन्न वडामा पुगेर वडा अध्यक्ष तथा पदाअधिकारीहरुसंग छलफल गरेपछि उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । यहि असोज २४ देखि २७ सम्म बज्रवाराहीको सरस्वती बजारमा हुने महोत्सवको लागि आर्थिक तथा सहभागितात्मक रुपले सहयोग गर्ने थाहा–३ का वडा अध्यक्ष राजेश केसीले बताए ।
महोत्सव मूल आयोजक समिति वडा अध्यक्षहरु संग छलफलका लागि १० असोजमा १ र २ पाल्ुङ, वडा नं. ३ र ४ तथा वडा नं.र ७ र ८ आग्रा पुगेको थियो । छलफलमा वडा अध्यक्षहरुले आफूले व्यक्ति गत तथा संथागत रुपमा आर्थिक सहयोग जुटाउन भरमग्दुर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । ऐतिहाँसिक टिष्टुङ महोत्सवमा आफ्नो वडाबाट अवलोकनका लागि नागरिकहरुलाई उपस्थित गराउने वडा नं. ७ का वडा अध्यक्ष सनम सिं मुक्तानले बताए । महोत्वका लागि जनप्रतिनीधिले सघाउने प्रतिवद्धताप्रति महोत्सव मूल आयोजक समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले खुशी व्यक्त गरेका छन् ।
महोत्सव सफल पार्नका लागि जनप्रतिनीधिले जनाएको प्रतिवद्धता महोत्सवका लागि असाध्यै सकारात्मक कुरा भएको महोत्सव संचालन सचिवालयका सदस्य प्रमोद जोशीले बताए । छलफल टोलीमा महोत्सव मूल आयोजक समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठ, सचिवालय सदस्य जोशीतथा अन्य पदाअधिकारीहरुको उपस्थिती रहेको थियो ।
टिष्टुङ महोत्सवमा १ सय ६० वटा स्टल रहने भएका छन् । महोत्सवका लागि तय गरिएको अधिकांश स्टलहरु बुक भइसकेको महोत्सव सचिवालय सदस्य प्रमोद जोशीले जानकारी दिए । कुल २१ लाख ५० हजारको लागतमा संचालन गर्न लागिएको महोत्सवमा स्थानीय क्षेत्रको ‘पर्यटकीय प्रडक्ट’को बजारिकरणलाई सहयोग पुग्ने जोशीले बताए ।
0 comments
Write Down Your Responses