Powered by Blogger.
टोल स्तरीय खसि कपमा किरनचोकको विजयी सुरुवात

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नंबर ७ मा आजबाट सुरु भएको टोल स्तरीय फुटबल प्रतियोगिता (खसि कप) किरनचोक फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलामा गत वर्षको उपविजेता समेत रहेको किरनचोकले डिफेन्डीङ च्याम्पियन नर्मल मुस्कान फुटवल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । 
 मा विगत २२ वर्षबाट हुँदै आएको टोल स्तरीय फुटबल प्रतियोगिताको आजबाट भएको २३ औँ संकरणमा किरनचोकले विजयी सुरुवात गरेको हो । प्रतियोगितामा एकमात्र विजयी गोल पहिलो हाफमा हेमन्त गोलेले गरे । उनी नै खेलकाृ म्यान अफ द म्याच समेत भए । 
हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य देवराज रिमाल, हेटौँडा बचत तथा ऋण सहकारीका अध्यक्ष इन्द्रबहादुर बस्नेत, सिर्जना बचत तथा ऋण सहकारी सस्थाका दामोदर गौतम, ब्यवसायी धनबहादुर थापा, अगराठे टोविस अध्यक्ष अर्जुन श्रेष्ठ, स्मृटि टोविसका अध्यक्ष रामकृष्ण भट्ट, किरनचोक टोविसका अध्यक्ष राजधु अधिकारी, आयोजक समितिका आत्मराम बस्नेत, प्रचार संयोजक ओम फुँयाल लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा शान्तिटोल टोल विकास सस्थाका अध्यक्ष छत्रबहादुर लामिछानेको अध्यक्षतामा भएको हो । 
९ वटा टिम सहभागि प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाईने आयोजकले जनाएको छ । दुई समुहबाट विजेता तथा उपविजेता गरि चार वटा टिमलाई सेमिफाईनलमा लगिने आयोजकको भनाई रहेको छ । प्रतियोगिताको लागि करिब ४ लाख रुपैँया खर्च हुने आयोजकको अनुमान रहेको छ । 
यो पटक प्रथम हुनेले ३५ देखि ४० किलोको खसिको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले २५ देखि ३० किलोको खसिको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाई रहेको छ । प्रतियोगितामा दैनिक म्यान अफ द म्याच तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कारको समेत ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

0 comments

Write Down Your Responses