Powered by Blogger.
एन.सि.एफ.नेपालको ५९ औँ बार्षिक साधारण सभा तथा प्रतिनिधि सम्मेलन सम्पन्न

मकवानपुर / नेपाल राष्ट्रिय मण्डली संगति (एन.सि.एफ.नेपाल) को ५९ औँ बार्षिक साधारण सभा तथा प्रतिनिधि सम्मेलन सम्पन्न भएको छ । एन.सि.एफ. नेपालका अध्यक्ष रेभ हनोक तामाङको सभाध्यक्षता तथा ३ नम्बर प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री केशव स्थापितको प्रमुख आथ्यितामा भएको हो । 
३ नम्बर प्रदेशको राजधानी मकवानपुरको हेटौंडामा भएको ऐतिहाँशिक सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री स्थापितले नेपाल धर्म निरपेक्ष रास्ट्र भएकोले हरेक मानिसले आफुले इच्छाएको धर्म मान्न कसैले रोकछेक गर्न नहुने बताए  ।
 
उनले ईसाई धर्मालम्बीहरुले नियम संगत काम गर्दै सेवाको भावनाले अघि बढ्न आग्रह गरे । उनले थपे,“ ईसाई धर्मालम्बीहरुले धर्म प्रचार मात्रै भन्दा पनि समाजमा सामाजिक सेवाको कार्य गर्ने वेला आएका छ र यस्तै गौरबशाली कार्यक्रमहरु गर्दै अघि बढ्न सकियो भने अहिले ईसाईहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन धेरै समय लाग्दैन ।” 
सो सम्मेलनमा हेटौडा उपमहानगरपालिका मेयर हरि बहादुर महत, उप मेयर मिना लामा, सोलिडारिटी इन्टरनेस्नल एकेडेमीका संस्थापक क्रिषिराम आर्चाय लगायतले मन्तव्य व्यक्क्त गरेका थिए । सम्मेलनमा संस्थाका केन्द्रिय अध्यक्ष, संस्थाका पदाधिकारी, विभिन्न इसाई संघ संस्थाका पदाधिकारीहरु, विभिन्न जिल्ला भित्र रहेका हरेक मण्डलीका पास्टर, समाजसेवी , पत्रकार लगायतको उपस्थित रहेको थियो ।Image may contain: 7 people, crowd and indoor 
लगातार ३ दिन सम्म सञ्चलान भएको सम्मेलनलाई एन.सि.एफ. नेपालका अध्यक्ष रेभ हनोक तामाङले एन.सि.एफ.नेपालको ऐतिहाँसिक पृष्ठभुमि तथा भावी कार्ययोजनाको विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा उहाँले प्रभावकारी रुपमा परमेश्वरको वचनको सेवा गर्दै सहभागीहरुलाई आशिषित तुल्याउनु भएको थियो ।
 
विभिन्न प्रदेश, जिल्ला तथा मण्डली संघसंस्थाबाट करिब ५ सय ७५ जना भन्दा वढि पास्टर तथा अगुवाहरुको सहभागीत रहेको यस सम्मेलनमा सम्मेलनको संयोजक निमटोल्मा आचार्यले सम्मेलन सफल बनाउन सहयोग पु¥याएका सम्पूर्ण लिडरहरुलाई धन्यवाद सहित मायाको चिनो समेत प्रदान गरेकी थिइन् । Image may contain: 6 people, people standing and indoor
सम्मेलनमा संस्थाका उपाध्यक्ष रेभ बिबि कार्कीले अतिथिहरुलाई स्वागत गरेका थिए भने कार्यक्रमको सन्चालन सोहि संस्थाका महासचिव शेर ए.सि ले गरेका हुन् ।
  
यसै गरि संस्थाका सचिव पास्टर बिर बहादुर तामाङले आर्थिक बर्ष २०७४ ÷ ०७५ को कार्ययोजना, उद्देश्य, मिशन, र भाबी योजनाको बिषयमा प्रतिबेदन प्रस्तुत गरेका थिए ।  साथै संस्थाकै कोषाध्यक्ष बिश्वदेव खड्काले संस्थाको आ ब २०७४ ÷ ०७५ को प्रस्तावित कार्ययोजना र बजेट प्रस्तुत गरेका हुन् भने कार्यक्रमको सहजकर्ता सोहि सोलिडारिटी इन्टरनेस्नल एकेडेमीकै विर रत्न दोङ तामाङले गरेका हुन् । 

Image may contain: one or more people, people standing and indoor

Image may contain: one or more people, people on stage and indoor

0 comments

Write Down Your Responses