Powered by Blogger.
तेस्रो थाहा महोत्सव शुरु,मुख्यमन्त्री डोरमणी पौडोलद्वारा उद्घाटन

थाहा / उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित इन्द्रायणी चौरमा कात्तिक १८ गतेसम्म चल्ने तेस्रो थाहा महोत्सवको आज उद्घाटन भएको छ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले महोत्सवको उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटनलाई सम्बोधन गर्दै पौडेलले मकवानपुरको थाहा नगरलाई एग्रो टुरिजमका रुपमा विकास गर्ने बताएका छन् ।

उनले भने, “उत्तरी क्षेत्रमा प्रशस्तै पर्यटकीय सम्भावना रहेको क्षेत्र हो ,यस क्षेत्रलाई विकास गर्न प्रदेश सरकारले चासो दिईरहेको छ ।” पौडेलले गाउँमा उत्पादन हुने वस्तुहरुको बजारीकरण गराउन महोत्सव प्रमुख माध्यम हुने बताउदै महोत्सवले स्थानियस्तरमा उत्पादित बस्तुहरुको प्रचारप्रसार हुनुको साथै बजारीकरणलाई टेवा पु¥याउने बताउनुभयो ।

महोत्सवको उद्घाटनमा राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारी, प्रदेश ३ का भूमि व्यवस्था कृषि सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सदस्यहरु कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, थाहा नगर मेयर लबशेर बिष्ट,नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका अध्यक्ष सन्तराम विडारी लगाएत थाहाका वडा अध्यक्षहरु, उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको उपस्थितको उपस्थिती थियो ।

महोत्सवमा बाल उद्यान, कृषि उत्पादनका प्रदर्शनी, कपडाका स्टलहरु, भाडकुँडा, घरेलु उद्योगबाट उत्पादित सामग्रीहरु सहीतका दुई सय ३० वटा स्टल रहेका छन् ।
कृषि पर्यटन पुर्वाधार– आर्थिक विकासको मुल आधार भन्ने उद्देश्यले तेस्रो पटक थाहा महोत्सव आयोजना गरेको हो ।  ‘कृषि पर्यटन र व्यापार मेला’ नाम दिइएको महोत्सवले यस क्षेत्रको कृषि तथा पर्यटन प्रवद्धर्नमा टेवा पु¥याउने संघका अध्यक्ष कविराज खत्रीले जानकारी दिनुभयो ।

महोत्सवमा आन्तरिक तथा बाह्य गरेर एक लाख भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य आयोजकले लिएको बताइएको छ ।  महोत्सवमा कृषि मेला प्रदर्शनी हुनेछ । प्रदर्शनीका किसानहरुले आफूले उत्पादन गरेको कृषि उपजको प्रतिस्पर्धा गराइने महोत्सव आयोजक थाहानगर उद्योग वाणिज्य संघका सदस्य तथा कृषि मेला प्रदर्शनी संयोजक निरोज प्रधानले जानकारी दिए ।  महोत्सवको अवसरमा उत्तरी मकवानपुरको डेढ दर्जन प्रमुख पर्यटकीय स्थलहरुको तस्विरलाई एक ठाउँमा राखेर आयोजकले छुट्टै ‘पर्यटन जोन’ बनाउन लागेको छ ।

 तेस्रो थाहा महोत्सवमा थाहाका कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । महोत्सवमा थाहाका झण्डै २ दर्जन कलाकारहरुको गायन, नृत्य लगायत प्रस्तुती रहने महासचिव सुरेन्द्रमान प्रधानले बताउनुभयो । प्रधानका अनुसार महोत्सव अवधिमा प्रत्येक दिन थाहाका कलाकारहरुको प्रस्तुती रहने छ ।

महोत्सवमा लोकप्रिय गायकहरु प्रमोद खरेल, बद्रि पंगीनी , उमादेवी खनाल, मिलन लामा, हेमन्त शर्मा, प्रकाश सपुत, प्रिति आले, रमेशराज भट्टराई, गायत कलाकारहरु आउनेछन् । त्यस्तै बाल कलाकार अशोक दर्जी, जादुगर बलराम सरकार, हास्य कलाकारहरु बल्छी ध्रुबे, राजु मास्टर, दिनेश काफ्लेसमेत आउने बताइएको छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरको ईन्द्रायणी चौरमा आयोजित थाहा महोत्सवमा करिब ६ करोड रुपैयाँको कारोबार हुने अनुमान अायाेजकले गरेकाे छ।

शोभा यात्रामा आयोजक मूल समिति सहित विभिन्न दर्जनौ संघसंस्था, टोलविकास संस्था, बिद्यार्थी र नागरिकहरुको सहभागिता रहेको छ । विभिन्न  जातजाती, धर्म सँग जोडिएका संस्थाहरु बाजागाजा र झाँकी सहित शोभायात्रा निकालिएको थियो ।Image may contain: 10 people, including Bharat Gopali, people smiling, people standing, outdoor and text
तस्विर : श्रीकृष्ण श्रेष्ठ


0 comments

Write Down Your Responses