Powered by Blogger.
बागमती गाउँपालिका स्तरीय शिक्षा निति तथा कार्यक्रम सार्वजनिक : टिचर अफ द इअर घोषणा



बागमत्ती गाउँपालिका ÷ मकवानपुर पुर्वी बागमत्ती गाउँपालिकाको शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले गाउँ पालिका शिक्षा परामर्श सभाको आयोजना गर्दै शिक्षाको गुणस्तर वृद्धि गर्न शैक्षिक नीति बनाएको हो । गाउँपालिकाले शैक्षिक नीति सार्वजनिक गर्दै टिचर अफ द यअर घोषणा गर्ने शिक्षा निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
उच्च स्तरीय शिक्षा आयोगका सदस्य डा. कृष्ण पौडैलको प्रमुख आथित्यता तथा गाउँपालिका अध्यक्ष सर्केश घलानको सभाध्यक्षतमा भएको कार्यक्रमबाट १४  बुँदे निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
आधारभुत तहदेखि नै प्राविधिक तथा व्यवसायीक शिक्षामा जोड दिने, गाउँपालिकाले वाल विकास केन्द्रहरुको पुर्नवितरण तथा संचालनमा सुधार ल्याउने, खेल सामाग्री, सिकाई सामाग्री, मनोरञ्जन अडियो भिडियोको सामाग्री व्यवस्था गर्ने, मल्टेश्वरी विधिबाट सहजकर्ताहरुलाई तालिमको व्यवस्था गरि शिक्षण सिकाइने शिक्षा निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

विद्यालयमा रुपान्तरणकारी नेतृत्वका लागि सबै प्रधानाध्यापकहरुको व्यवस्थापकीय एवम् नेतृत्व क्षमता बढाउने, शिक्षण सिकाई प्रकृयामा सुधार गर्ने, विद्यार्थी मुल्यांकन प्रणालीमा सुधार गर्ने, शिक्षक तालिम तथा पेशागत विकासलाई सुदृढिकरण गर्ने, शिक्षक पशंंसा तथा प्रोत्साहनको व्यवस्था गरि उत्प्रेणा गर्ने, विद्यर्थी ल्यायौ, टिकाऔँ र सिकाऔँ अभियानलाई निरन्तरता दिने, विद्यार्थीहरुको स्वास्थ्य  तथा व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापमा प्राथामिकता दिने, एक विद्यालय, एक बगैँचा कार्यक्रम संचालन गर्ने, खेलकुद प्रतियोगिता आयोजना गर्ने, विद्यालय सुशासन प्रबद्र्धन गर्ने, हरेक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्ने, विद्यालय र नागरिक विच सुमधुर सम्बन्ध, सहयोग र सहकार्य गर्ने गराइने नीति पनि सार्वजनिक गरेको छ ।
 लक्षित बर्गलाई उच्च शिक्षा सम्म अध्यायन गर्नको लागि प्रोत्सहान तथा सहयोग गर्ने , हामी सुर्धाछौँ, हाम्रो सामुदायिक विद्यालय भन्ने नाराका साथ स्थानिय सरकार , शिक्ष, अभिभावक तथा समुदाय परिचालन गर्ने, विद्यालय नक्शाकन तथा पुनर्वितरण कार्यान्वयन गर्ने , विद्यालय व्यवस्थापन समितित र अभिभावको भुमिकालाई सवल र प्रभावकारी बनाउने, प्राथामिक तहका विद्यालयहरुलाई पनि सचकहरुको आधारणमा नमुना विद्यालय प्रोत्सहान अनुदान उपलब्ध गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए । उनले भने, “गाउँपालिकाको शैक्षिक गुणस्तर बढाउन शिक्षा नीति नयाँ बनाउनु परेको हो ।”
गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक, राजनीतिक दल, जनप्रतिनिधि, अभिभावक, गाउँपालिकाका पदाधिकारी र शिक्षासँग सराकोरवालाको गोष्ठी आयोजना गरी गाउँपालिकाले शिक्षा नीति पारित गरेको गाउँपालिका प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले बताए । गाउँपालिका सबै सरोकारवालाको गोष्ठीले निर्णय गरेको नितिहरुले गाउँपालिकाभित्रको शिक्षा नीतिमा एकरूपता कायम हुने विश्वास आम सहभागिहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses