Powered by Blogger.
माछापुच्छ्रे वैंकद्धारा प्रहरीलाई विपद् उद्दार सामाग्री हस्तान्तरण


काठमाडौं । माछापुच्छ्रे वैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करीब ५५ लाख ७६ हजार रुपैयाँ बराबरको विपद् उद्दार सामाग्रीहरु नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उक्त वैंकका संचालक समितिका अध्यक्ष रोशन केसीले उक्त सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले विपद्को बेला उद्दारमा खटिने प्रहरी कर्मचारीहरुलाई प्राप्त सामाग्रीले थप मद्दत पु¥याउने चर्चा गर्दै नेपाल प्रहरीलाई उक्त सामाग्री प्रदान गरेकोमा वैंकप्रति आभार प्रकट गर्नुभयो । प्रहरीप्रति विश्वास गरी प्रदान गरिएको यस सहयोगले अन्य संघ संस्थालाई पनि प्रेरणा मिल्ने उहाँले उल्लेख गर्नुभयो ।

उक्त अवसरमा वैंकका अध्यक्ष केसीले विपद् व्यवस्थापनमा नेपाल प्रहरीले गरेको उद्दार कार्यको प्रशंसा गर्दै ७ वटै प्रदेशमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सामाग्री उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । जनताको सेवामा समर्पित नेपाल प्रहरीसँग हातेमालो गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै आगामी दिनमा समेत सहयोग आदान प्रदान गर्ने उहाँले बताउनुभयो ।  

हस्तान्तरण गरिएका सामाग्रीहरुमा भत्केका संरचनामा उद्दार तथा खोजीमा प्रयोग हुने उपकरणहरु, अग्नी नियन्त्रणका सामाग्रीहरु, रोप तथा वाटर रेस्क्यूका सामाग्रीहरु तथा ¥याफ्ट बोट र उक्त बोटलाई चाहिने आवश्यक उपकरणहरु लगायत छन् । 



कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, उक्त वैंकका उच्च पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । –खेमराज खनाल

0 comments

Write Down Your Responses