Powered by Blogger.
बलात्कार,एसिड प्रहार गर्नेलाई फाँसीको सजाँय हुनुपर्छ : कंसाकार ( फोटो फिचर)

मकवानपुर / बलात्कार,एसिड प्रहार गर्नेलाई फाँसीको सजाँय हुनुपर्ने एसिड आक्रमणबाट पिडित भएकी विन्दावासिनी कंसाकारले बताईन । 
आज बलात्कार,एसिड प्रहार तथा महिला हिंसा विरुद्ध बृहत मौन ¥यालीको कोण सभालाई सम्बोधन गर्दै जगन्य पराध गर्नेलाई फाँसीको सजायँ भए यस्ता कार्य रोकिने बताईन् । 
पिडित कंसाकारले आफुलाई आक्रमण भएको साढे ५ वर्ष वितिसक्दा समेत सरकारले अपराधीलाई नेपालसम्म ल्याउन चासो नदेखाएकोले जनताको सुरक्षा सरकारले गर्न नसक्ने बताईन । उनले आफ्नो सुरक्षा आफै गर्न सम्पूर्ण महिलाहरुलाई आग्रह समेत गरिन् ।
२०६९ सालमा हेटौँडामा नै भारतीय राज केशरीले एसीड आक्रमण गरेर उनलाई गम्भिर घाईते बनाएका थिए । एसिड आक्रमणबाट पिडित भएकी कंशाकारले एसिड बेच्न समेत बन्द गर्न माग गरेकि छिन् ।
कार्यक्रमको लागि काठमाण्डौँबाट हेटौँडा आएकी सिमा बस्नेतले तीनवर्ष अघि आफुहरुमाथि सामान्य रिसीबी तथा एकातर्र्फी प्रेमको कारण एक ब्यक्तिले एसिड आक्रमण गरेको बताईन् । 
आफुहरुलाई एसिड आक्रमण गर्ने जीवन विकले जेलबाट बाहिर निस्केपछि समेत आक्रमण गर्ने धम्की दिएको उनले बताए । उसलाई अपराध गरेको कुनै पश्चताप नगरेको भन्दै उनीहरुले ज्यान सुरक्षाको निमित्त सरकारसँग माग समेत गरेका छन् ।
प्रतिक्रिया दिँदै अर्र्की एसिड आक्रमणकी सिकार भएकी संगिता मगरले यस्ता अपराधिलाई कारबाही गर्न कडा भन्दा कडा कानुनको आवश्यकता  रहेको बताईन् ।
पिडिट कंसाकारले सरकारले आफ्नो अपराधी पक्रन नसकोमा दुख प्रक्रट गर्दै कंसाकार जति दुखि थिईन त्यतिनै उनी यस्ता आक्रमणकारी विरुद्ध कानुन निमार्ण लागि सरकारलाई सडकबाट सम्झउँदै थिईन् ।
प्रहरीलाई चाँडोभन्दा चाँडो अपराधि पक्राउ गर्नको लागि आग्रह गर्दा प्रहरीबाट यस्तो घटना सामान्य हो भन्ने अमानविय उत्तर आएको प्रति दुख व्यक्त गर्दै उनले सरकारले न्याय देला भनेर आशा मरेको बताई् । 
उनले भनिन् ,“भान्छामा तरकारी पकाउँदा एक थोपा तातो तेलले पोल्दा कति पीडा हुन्छ,त्यो भन्दा कयौँ पिडा हुने हुन्छ त्यहि पिडा सहेर बाँचिरहेको छु । ” बलात्कार,एसिड प्रहार गर्ने आक्रमणकारीलाई राज्यले खोजि गरि फाँसीको सजाँय दिन अफिल समेत गरिन् । 

सो ¥यालीमा मकवानपुरको सामजिक संघसस्था, लायन्स ब्लव, लियो क्लव सहित आम नागरिकको सहभागितामा हजारौ हस्ताक्षर संकलन समेत भएको छ  ।


0 comments

Write Down Your Responses