Powered by Blogger.
टिस्टुङ महोत्सवको सबै तयारी पुरा, आज ११ बजे उद्घाटन, मुख्यमन्त्री पौैडेल प्रमुख अतिथि, सभापति बिडारी विशिष्ट अतिथि


बज्रबाराही(टिस्टुङ) । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ सरस्वती बजारमा  आजबाट संचालन हुने टिष्टुङ महोत्सव–२०७५ को  सबै तयारी पुरा भएको छ । 

चार दिनसम्म चल्ने महोत्सवको आज विहान ११ बजे बज्रबाराही स्थित सरस्वती बजारमा भव्य भव्य उद्घाटन हुनेछ । 

उद्घाटन समारोहको प्रमुख अतिथि ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल रहनेछन् भने विशिष्ट अतिथिका रुपमा राष्ट्रिय सभा विधायन प्रत्यायोजन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी हुनेछन् । 

महोत्सवमा बढी भन्दा बढी आगन्तुकहरु सहभागि भइदिएमा महोत्सव सफल हुने भन्दै आयोजक समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले सबैलाई इृतिहासिक टिष्टुङमा आउन आमन्त्रण गरेका छन् । 

कसरी पुग्ने टिस्टुङ ?

महोत्वसको अवलोकन गर्नका लागि कसरी पुग्न सकिन्छ भन्ने जिज्ञासा अवलोकनकर्ताको मनमा आउनु कुनै नौलो कुरो होइन । ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक रुपले भरिपूर्ण टिष्टुङ जो कोहीका लागि मन लोभ्याउने ठाउँको रुपमा परिचित छ । 

स्थानीय ‘पर्यटकीय प्रडक्ट’लाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको स्थानीयहरुको अग्रसरतामा आयोजना गरिएको महोत्सवको विशेष आकर्षण रहेको छ । महोत्सवमा पुग्नका लागि  काठमाण्डौबाट काठमाडौं–थानकोट–चित्लाङ हुँदै २३ किलोमीटरको दुरीमा पुग्न सकिन्छ । 

त्यस्तै काठमाडौं–नौबिसे हुँदै बाईरोडबाट  ६५ किमी किलोमीटरमा पुग्न सकिन्छ भने काठमाडौं–मातातिर्थ–चखेल कुलेखानी हुँदै करिब ३५ किलोमीटरको दुरीमा टिष्टुङ पुग्न सकिन्छ । हेटौंडाबाट पनि ६७ किलोमीटरको दुरीमा टिष्टुङ पुग्न सकिन्छ । 

त्यस्तै काठमाडौं–फर्पिङ–कुलेखानी हुँदै सजिलै पुग्न सकिन्छ । टिष्टुङ महोत्सवमा १ सय ६० स्टल रहने छन्् भने चार दिनमा ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

मुख्यमन्त्री पौडेल हिजै टिष्टुङ आइपुगे

मकवानपुर थाहा नगररपालिकाको टिष्टुङ (बज्रवाराही)मा संचालन हुने टिष्टुङ महोत्सवको उद्घाटन प्रदेश नंम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने छन् ।  

यहि असोज २४ देखि २७ सम्म बज्रवाराहीको सरस्वती बजारमा हुने महोत्सवको २४ असोज विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । 

महोत्सव उद्घाटनका लागि अघिल्लो दिन २३ असोजमा नै मुख्यमन्त्री पौडेल टिष्टुङ आइसकेका छन् । मुख्य मन्त्री पौडेल सहित सांसद विरोध खतिवडालगायतका नेताहरु समेत अघिल्लो दिन नै टिष्टुङ आइसकेका छन् । 

महोत्सवको तयारी स्वरुप स्वागतद्वारहरु, स्टल व्यवस्थापन, मञ्च व्यवस्थापन, लगायतका सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समारोह समितिले २३ असोजमा विज्ञप्ती जारी गरी जानकारी दिएको छ । कार्यक्रममा उपस्थित हुन आयोजकले विज्ञप्ती मार्फत नै आग्रह गरेका छन् । 

टिष्टुङ महोत्सवमा १ सय ६० वटा स्टल रहने छन् । महोत्सव अवधिभर ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।





0 comments

Write Down Your Responses