Powered by Blogger.
टिष्टुङ महोत्सवले पर्यटन भित्र्याउन महत्वपुर्ण भुमिका खेल्छ : मुख्यमन्त्री पौडेल

 थाहानगर /  टिष्टुङ महोत्सवले पर्यटन भित्र्याउन महत्वपुर्ण भुमिका खेल्ने तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । उत्तरी मकवानपुरको थाहा नगरपालिकाको टिष्टुङ(बज्रवाराही)मा आज टिष्टुङ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्थानिय स्तरमा उत्पादन भएको वस्तुलाई प्राथामिकता दिएको कारण यस मेला अन्य मेला भन्दा भिन्न  र पर्यटक भित्र्याउनु सहयोग मिल्ने बताए  । उनले समृद्धीको सबैभन्दा महत्वपूर्ण पक्ष पर्यटन भएको बताए ।
उनले पर्यटन मार्फत् प्रशस्त रोजगारी सृजना गर्न सकिने दाबी गर्दै ‘हाम्रो सरकारको मुख्य लक्ष्य नै समृद्धी हासिल गर्ने हो ।
‘समृद्ध नेपाल र प्रदेश निर्माणका लागि पर्यटन क्षेत्रको अत्याधिक विकास र प्रबद्र्धन हुनु जरुरी छ ।’ पर्यटन क्षेत्रको प्रशस्त सम्भावना ग्रामिण क्षेत्रमा रहेको जिकिर गर्दै उनले गाउँहरुमा होम स्टे(घरबास) सञ्चालन गर्नुपर्ने बताए ।

पर्यटन क्षेत्रको विकासमा प्रदेश सरकार लागि परेको भन्दै उनले पर्यटन क्षेत्रको विकासका लागि मेला, महोत्सवले भुमिका खेल्ने बताए । मेला, महोत्सवमा गाउँघरका उत्पादनलाई प्रद्धर्शन र बिक्री गर्नुपर्नेमा जोड दिदै समृद्धी हासिल गर्न त्यस्ता कार्यले सघाउ पुग्ने बताए ।
प्रतिनिधी सभाको प्रत्यायोजन व्यबस्थापन सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले ऐतिहासिक स्थानको विकास गर्नुपर्ने बताए । पर्यटन क्षेत्रको विकासमा लगानी बृद्धी गर्नुपर्ने बताउँदै उनले ऐतिहासिक स्थानको पुनः नामाङ्करण गर्नुपर्नेमा जोड दिए ।

प्रतिनिधी सभाका संसद विरोध खतिवडा देशको विविध मौलिक भाषा, धर्म, संस्कृति जोगाउनुपर्ने बताउँदै थाहै नपाई लोप हुन सक्नेमा चेतावनी दिए । मेला, महोत्सवले मौलिक पहिचान संरक्षण र प्रबद्र्धनमा भुमिका खेल्नुपर्नेमा जोड दिदै उनले पर्यटकीय क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रदेश सभा सांसद जुनेली श्रेष्ठले पर्यटन क्षेत्रको विकास र प्रबद्र्धनमा महिलाहरुको महत्वपूर्ण भुमिका हुने बताईन् । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, मध्य नेपाल पर्यटन विकास समितिका अध्यक्ष अनन्त पौडेललगायतले समृद्धीको आधार पर्यटन, कृषि भएको बताउँदै मेला, महोत्सव मार्फत् स्थानीय प्रतिभा र उत्पादनको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।

‘ऐतिहासिक टिष्टुङ हाम्रो पहिचान, समृद्ध टिष्टुङ हाम्रो अभियान’ भन्ने नारासहित आयोजित महोत्सवमा ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको मूल आयोजक समारोह समितिका संयोजक ईन्द्रबहादुर श्रेष्ठले बताएका छन् ।

महोत्सवमा करिब २१ लाख ५० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको श्रेष्ठले बताए । महोत्सवमा साँस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानका परिकारहरु, कृषि उपज प्रद्धर्शनी तथा बिक्रि, घरेलु सामाग्री प्रदर्शन तथा बिक्रि, ऐतिहाँसिक तथा धार्मिक क्षेत्रको अवलोकनको अवसर महोत्सवमा मिलाईएको आयोजकले जनाएको छ ।
थाहा नगरपालिका ६ सरस्वती बजारमा सञ्चालित महोत्सवमा टिष्टुङलाई चिनाउने र टिष्टुङको प्रवद्र्धन हुने खालका स्टलहरुलाई महोत्सवमा प्राथमिकतामा दिइएको आयोजकले जनाएको छ ।

0 comments

Write Down Your Responses