Powered by Blogger.
पुर्वप्रधानमन्त्री नेपालद्धारा विशिष्ट व्यक्तिहरु सम्मानित



काठमाडौं । राष्ट्रिय आर्थिक मासिक पत्रिका आठौं बर्ष प्रवेश गरेको अवसरमा राष्ट्रको विकासमा विशेष योगदान पुया¥उने विभिन्न व्यक्तिहरुलाई सम्मान तथा कदर गरिएको छ ।

शनिबार आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पुर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।  डिल्लीबजार स्थित भोजनगृहमा भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपाल प्रमुख आतिथि र  वन तथा वातावरण मन्त्री शक्ति बस्नेत विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले समाजमा हुने विकृति र विसंगति न्यूनीकरणको निम्ति मिडियाको निकै महत्वपूर्ण भूमीका रहने भन्दै यस कार्यमा सञ्चार क्षेत्र निरन्तर अघी बढ्नुपर्ने बताउनुभयो । 

उक्त विशेष कार्यक्रमको अवसरमा  हिमालय शमशेर राणा, अम्बिका श्रेष्ठ, लक्ष्मीदास मानन्धर, शम्भु श्रेष्ठ, राजन गैरे, डिबी भट्टचन, शन्तराम बिडारी, केशव थापा, कृष्ण बहादुर बस्न्यात, कृष्णसिंह बस्नेत लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

हिमालय शमशेर राणा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हुन् । अम्बिका श्रेष्ठ होटल द्वारिकाकी अध्यक्ष हुन् । संघर्षशील महिला उद्यमी अम्बिकाले नेपाली युवाहरुमा सचेतना विस्तार तथा पर्यटन प्रवद्र्धन र संस्कृति जागरणको निम्ति निकै महत्वपूर्ण भूमीका निर्वाह गरेका छन् । 

लक्ष्मीदास मानन्धर लामो समय देखि साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष हुन् । नेपालको व्यावसायिक क्षेत्रलाई सामाजिक दायित्वमा समेत जोड्दै उनले नेपाली अर्थतन्त्रमा पुर्याएको योगदान निकै महत्वपूर्ण मानिन्छ । दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान छ ।

यसैगरी राजन गैरे कृषि तथा प्रविधिको क्षेत्र मार्फत् उद्यमशिलता विकासको निम्ति निकै महत्वपूर्ण योगदान पु¥याएका व्यक्ति हुन् । हाल नेपाल एग्रो लाइफ सञ्चालन गर्दै आएका उनले गोरखा र धादिङमा ‘स्वच्छ बगैंचा स्वच्छ घर’ कार्यक्रम सञ्चालन गरिरहेका छन् । 

डिबि भट्टचन प्रभु ग्रुपका अध्यक्ष हुन् । बैंक, बीमा, मनि ट्रान्सफर, हेलिकोप्टर लगायत विभिन्न क्षेत्रमा उनको लगानी छ । केशव थापा नेपालमा एनएलपी (न्युरो लिङ्ग्वेस्टिक प्रोग्रामिङ) र आकाशा हिलिङ सम्बन्धी कार्यक्रम नेपालमा भित्र्याएका व्यक्ति हुन् । 

एनएलपी कार्यक्रम व्यक्तित्व विकास र चेतना अभिवृद्धिको निम्ति पछिल्लो समय विकास भई विस्तार हुँदै गएको निकै प्रभावकारी कार्यक्रम मानिन्छ । समाज र राष्ट्र निर्माणको निम्ति पहिले व्यक्ति आफैं जागरुक हुनुपर्छ भन्ने मान्यता साथ अघी बढेको यो कार्यक्रम प्रति नेपालका उच्च पदस्थ तथा व्यावसायिक व्यक्तिहरु समेतको आकर्षण बढिरहेको छ ।

त्यस्तै कृष्ण बहादुर बस्न्यात लामो समय विभिन्न बीमा कम्पनीहरूमा संलग्न रही नेपाली बीमा क्षेत्रलाई माथि उठाउन सफल विमा विज्ञ हुन् । पछिल्लो समय उनी सगरमाथा इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत थिए ।

यसैगरी कृष्णसिंह बस्नेत हाल सडक बोर्ड नेपालका कार्यकारी निर्देशक हुन् । निजामती सेवा मार्फत नेपालको निर्माण क्षेत्रलाई अघी बढाउन उनले महत्वपूर्ण भूमीका निर्वाह गरेका छन् । यसरी नै सम्मानित हुने अन्य व्यक्तिहरुको समेत विभिन्न क्षेत्रमा विशेष योगदान रहेको छ ।

सम्मान ग्रहण कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तिहरुको बाक्लो उपस्थिति थियो । 

कार्यक्रममा योजना आयोग ३ नम्बर प्रदेशका सदस्य श्याम बस्नेत, नेपाल पत्रकार महासंघ (काठमाडौं) का अध्यक्ष शन्तराम बिडारी, सचिव मोहन पन्त, नेपाल लोकतान्त्रि आदिवास जनजाति महासंघका केन्द्रीय सचिव रामचन्द्र बल लगायत पत्रकार महासंघ कार्यसमिति सदस्यहरु, सञ्चारकर्मीहरू तथा अन्य विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरुको बाक्लो सहभागिता थियो ।











0 comments

Write Down Your Responses