नारायणी सहकारीको बचत १० करोड भन्दा बढी

साधारण सभामा वडा नम्बर ९ की सबैभन्दा जेष्ठ नागरिक १ सय बर्षकी महाकालीदेवी भुजेललाई सम्मान सहित सहकारीमा १५ बर्ष देखि निरन्तर आवद्ध ७५ बर्ष उमेर पार गरिसकेका जेष्ठ नागरिकलाई मासिक ५ सयका दरले एकमुष्ठ एक बर्षको ६ हजार रुपैयाँ रकम सहित सम्मान गरिएको थियो । कार्यक्रममा सहकारीको क्षेत्रमा निरन्तर क्रियाशीलताका लागि बद्री लम्साल, अधिक रक्तदाताका रुपमा नहकुल अधिकारी पनि सम्मानित भएका छन् ।
शेयर पुँजी ३ करोड भन्दा बढी रहेको यस सहकारीले गत आषाढ मसान्त सम्म रु. १० करोड ८५ लाख बचत गरेको छ भने रु. १२ करोड भन्दा बढी ऋण प्रवाह गरेको छ । सहकारीले निर्माण सामग्रीहरुको संस्थागत व्यवसाय समेत गरिरहेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, पूर्व सभासद अनन्त पौडेललगायतको सहभागिता रहेको थियो । साधारण सभा संस्थाका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।
0 comments
Write Down Your Responses