Powered by Blogger.
टिस्टुङ महोत्सवका लागि बेहुली झैं सिँगारिँदै सरस्वती बजार


बज्रवाराही (टिष्टुङ)  । यही असोज २४ गतेबाट उत्तरी मकवानपुरको ऐतिहासिक उपत्यका टिष्टुङमा संचालन हुने प्रथम टिष्टुङ महोत्सव २०७५ को तयारी स्वरुप  बज्रबाराही स्थित सरस्वती बजार सिंगारिएको छ । 

महोत्सवको लागि स्वागत द्वारहरुको निर्माण सहित बजार अहिले सिंगारिएको हो । 

टिष्टुङको सरस्वती बजारमा संचालन हुने महोत्सवका लागि तोरण तथा ध्वजापतकाले सिंगारिएको छ । महोत्सव स्थल प्रवेश गर्ने मुख्य मुख्य द्वारहरुमा स्थानीय प्रविधिबाट बाँसको गेट निर्माण गरिएको महोत्सवको गेट निर्माण उप समितिका संयोजक मनहरी भट्टले जानकारी दिए । 

महोत्सव क्षेत्रमा प्रवेश गर्ने विभिन्न ठाउँमा ५ वटा मुख्य प्रवेश द्वार निर्माण गरिने महोत्सव सचिवालय सदस्य प्रमोद जोशीले जानकारी दिए ।


महोत्सवको प्रदेश–३ का मुख्य मन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समारोह समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । महोत्सव असोज  २४ गते विहान ११ बजे थाहा–६ को वडा कार्यालय प्राङ्गणमा उद्घाटन गरिने श्रेष्ठले जानकारी दिए । 

४ दिनसम्म संचालन हुने महोत्सवमा सहभागी हुन समितिका संयोजक श्रेष्ठले सबैलाई आग्रह गरेका छन् ।



0 comments

Write Down Your Responses