Powered by Blogger.
युवा उद्यमशीलता र शिक्षाक्षेत्रमा उत्कृष्ट कार्य गर्ने चौलागाईंलाई तुलसी मेहर विद्यालयले ग¥यो सम्मान

Image may contain: 4 people, people smiling, people standingहेटौँडा/  जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई विश्व अहिंसा दिवसको अवसरमा सम्मानित भएका छन् ।
माहात्मा गान्धीको १५० औँ जन्मजयन्तीको अवसरमा तुलसी मेहर मेमोरियल विद्यालयले गरेको कार्यक्रमबिच प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उनले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

युवा उद्यमशीलता र शिक्षाक्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै चौलागाईंलाई तुलसी मेहर विद्यालयले सम्मान गरेको हो ।
अध्यक्ष चौलागाईले जिल्ला युवा समितिमा रहेर युवाहरुलाई स्वेदमानै काम गर्ने प्रेरणा प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको, परम्परागत सिपलाई युवामा हस्तान्तरण गर्न मद्त गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

0 comments

Write Down Your Responses