Powered by Blogger.
साझा पार्टीले बच्चादेखी युवा हुँदै जेष्ठ नागरिकको समेत मन जित्न सफल : समिक्षा बास्कोटा, प्रदेश ३ संयोजक

Image may contain: 2 peopleमकवानपुर / बैकल्पिक राजनितिक शक्तिको रुपमा देखिएको बिवेकशिल साझा पार्टी आगामी निर्वाचन पछि देशको ठुलो पार्टी बन्ने बिवेकशिल साझा पार्टी प्रदेश ३ कि संयोजक समिक्षा बास्कोटाले बताईन् । देशै भर बिभिन्न कार्यक्रम गरिरहेको बिवेकशिल पार्टीले बच्चा देखी युवा हुँदै जेष्ठ नागरिकको समेत मन जित्न सफल भएको र बिवेकशिलले मात्र सबै तह र तप्काका नागरिकलाई सम्बोधन गर्न सक्ने भएका कारण हरेक क्षेत्रका नागरिकले बिवेकशिल साझालाई आगामी दिनमा देशको पहिलो पार्टी बनाउने बास्कोटाको भनाई थियो ।


 सदियौँ देखि बिभिन्न राजनितीक दल संगठनले आम नागरिकमा एकाधिकार जमाई रहेको बेला बैकल्पिक शक्तिको रुपमा बिवेकशिल साझा पार्टी आए पछी सबै राजनितीक दलले आगमी दिनमा बिवेकशिल साझा पार्टीलाई पहिलो ठूलो पार्टी बन्न नदिन बिभिन्न प्रपन्च रचिरहेको तर ति उनिहरूको दिवा सपना मात्र हुने बताइन् । हामिले देशबाट के लिने भन्दा पनि हामीले देशलाई के दिन सक्छौँ भन्ने नै पहिलो कुरा हो यसैले बिवेकशिल साझा देशका लागि केही गर्ने सोच लिएर अघि बढेको समेत बताइन् ।

 यूवाहरू अब एक जुट भएर अब केही गर्ने समय आएको र त्यो कामलाई बिवेकशिल साझाले सबैलाई समेटेर गर्ने साथै सदियौँ देखि सत्ता लिप्सताका कारण देश ओरालो लागेका कारण बिज्ञता क्षमताको आधारमा सहि नेतृत्व छान्न समेत आग्रह गरिन् । बिवेकशिल साझा पार्टी प्रदेश ३ को आयोजनामा भोलि हेटौडामा हुने यूवा सपना र राजनिती एवम् प्रवृद्द ब्यक्तिसंगको छलफल बिषयको कार्यक्रमको तयारी र बिवेकशिलको आगमि रणिनितीको बिषयमा रेडियो बहशमा बस्कोटाले यस्तो बताईन् ।

 बिवेकशिल साझाले भोली हेटौडामा दुई कार्यक्रम आयोजना गरेको र उक्त कार्यक्रमलाई बिवेकशिल साझाका कान्द्रिय संयोजक रबिन्द्र मिश्र केन्द्रीय सदस्य एवम् प्रवक्ता सुर्यराज आचार्य प्रदेश ३ बिवेकशिल साझाकी संयोजक समीक्षा बास्कोटा अब्देश मिया लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

0 comments

Write Down Your Responses