Powered by Blogger.
हेटौँडेली कलाकार श्रेष्ठको देउसी गीत सार्वजनिक (भिडियो सहित)

हेटौँडा, १४ कात्तिक । मकवानपुरका कलाकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ आशाकाजी श्रेष्ठले सांस्कृतिक,संरक्षण र प्रवद्र्धनका लागि देउसी गीत सार्वजनिक गरेका छन् ।

‘देउसी आए घर घर डुल्दै’ र ‘यही गाउँको मायाले’ बोलको २ वटा गीतलाई भिडियो सहित सार्वजनिक गरिएको हो । मकवानपुरको हेटौँडालाई कर्मथलो बनाएर करिब ३ दशकदेखि नाट्य तथा संगीत क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका प्राज्ञ श्रेष्ठले देउसी गीतमा मौलिक देउसीको आभाष दिलाउन सफल भएका छन् ।

कलाकार श्रेष्ठको स्वरमा सजिएको गीतमा उनलाई राजु केसी, अस्मिता ढकाल र सुस्मिता गौतमले साथ दिएका छन् । गीतमा मदन गुरुङको शब्द तथा संगीत रहेको छ । विषेश्वरी मलेकुको परिकल्पनामा तयार भएको गीतको म्यूजिक भिडियोलाई दिलकुमार लामाले निर्देशन तथा अनुप मानन्धरले कोरियोग्राफी गरेका छन् । श्रेष्ठको ‘यही गाउँको मायाले’ बोलको गीतमा आशिष श्रेष्ठले मोडलिङ गरेका छन् । गीतको म्यूजिक भिडियोमा केशव सापकोटा र बिनोद बानियाँको छायाँकन रहेको छ ।

0 comments

Write Down Your Responses