Powered by Blogger.
मुख्यमन्त्री पौडेलद्धारा ऐतिहासिक टिष्टुङ महोत्सवको उद्घाटन असोज २४ गते हुँदै


टिस्टुङ(बज्रबाराही) । मकवानपुर थाहा नगररपालिका स्थित  ऐतिहासिक टिष्टुङ (बज्रवाराही)मा संचालन हुने टिष्टुङ महोत्सवको उद्घाटन प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलले गर्ने भएका छन् । 

महोत्सवको औपचारिक उद्घाटन मुख्यमन्त्री पौडेलबाट गरिने यस अघि नै तय भइसकेको बताइएको छ । 

यहि असोज २४ अर्थात घटस्थापनाको दिन देखि  असोज २७  गते सम्म बज्रवाराहीको सरस्वती बजारमा चल्ने महोत्सवको उद्घाटन असोज २४  बिहान ११ बजे  हुने महोत्सव आयोजक मूल समारोह समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । 

उद्घाटन कार्यक्रममा अन्य विशिष्ट अतिथिहरुका साथै विभिन्न व्यक्तिहरुको समेत प्रतिनिधीत्व हुने बताइएको छ । 

अहिले महोत्सव तयारी स्वरुप टिष्टुङ बजार सरसफाई, प्रवेशद्वारा निर्माण, स्टल व्यवस्थापन लगायतकाको कार्य भइरहेको सचिवालय सदस्य प्रमोद जोशीले जानकारी दिए । टिष्टुङ महोत्सवमा १ सय ६० वटा स्टल रहने भएका छन् । 

महोत्सवका लागि तय गरिएको अधिकांश स्टलहरु बुक भइसकेको महोत्सव सचिवालय सदस्य जोशीले जानकारी दिए । 

कुल २१ लाख ५० हजारको लागतमा संचालन गर्न लागिएको महोत्सवमा स्थानीय क्षेत्रको ‘पर्यटकीय प्रोडक्ट’ बजारिकरणलाई सहयोग पुग्ने जोशीले बताए । 

यो महोत्सव अन्यभन्दा फरक खालको हुने र त्यो अनुभुत गर्नलाई सचिवालय सदस्य जोशीले असोज २४ गते टिस्टुङ आउन सबैलाई दामन पोष्ट मार्फत आग्रह गरे । 



0 comments

Write Down Your Responses