Powered by Blogger.
सबैलाई महशुस हुने काम गरेर देखाउनेछु : अध्यक्ष पुडासैनी

Image may contain: 3 people, including Bish Wah, people standing, eyeglasses, beard and indoorमकवानपुर /  कम्प्युटर यसोसियसन नेपाल, मकवानपुर शाखाको नवनिर्वाचित अध्यक्ष पुडासैनीले आफ्नो कार्यकालमा सबैलाई महशुस हुने काम गरेर देखाउने बताए ।
आज भएको विशेष साधरणसभाबाट अध्यक्ष पदमा निर्वाचित भए पछि पहिलो पटक सम्बोधन गर्दैे क्यानको नियमित कामहरुलाई थप ब्यवस्थित बनाउने, स्थानीय सरकारसँग समन्वयमा कामहरु गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
करिब एक दर्जन योजनाहरु समेत कार्यक्रममा घोषणा गदै आफ्नो एक वर्षको कार्यकालमा घोषणा गरिएको ७० प्रतिशत काम गरेर देखाउने बताए ।
क्यान मकवानपुरका अध्यक्ष पवन प्रधानले राजिनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदको लागि आज विशेष साधरणसभाको आयोजना गरिएको थियो । उम्मेद्वारी दर्ता गर्ने समयसम्म पुडासैनीको मात्र उम्मेद्वारी परेपछि उनी निर्विरोध भएको आज भएको साधरणसभामा निर्वाचन अधिकृत सरस्वती तिमल्सिनाले घोषणा गरिन् ।
विशेष साधरणसभामा बोल्दै प्रमुख अतिथि समेत रहेका क्यानका केन्द्रिय सदस्य श्यामकल श्रेष्ठले क्यान मकवानपुरलाई देशकै अग्रणी क्यानको रुपमा विकास गर्न शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा अध्यक्षमा चयन भएपछि उनलाई सपथ समेत खुवाईएको थियो । विशेष साधरणभा क्यान मकवानपुरका जेष्ठ सदस्य योगेश्वर श्रेष्ठको अध्यक्षतामा भएको हो ।

0 comments

Write Down Your Responses