Powered by Blogger.
निष्पक्ष युवा समूहको अध्यक्षमा गोपाली निर्वाचित

थाहा / निष्पक्ष युवा समूहको अध्यक्षमा निराजन गोपाली निर्वाचित भएका छन् । सामाजिक रुपान्तरणमा क्रियाशील थाहा नगरपालिका वडा नं. १ मा रहेको समूहको अध्यक्षमा गोपाली पुनः निर्वाचित भएका हुन् । 

संस्थाको कार्यालय वाराही चौरमामा २० असोजमा भएको साधारणसभामा उपाध्यक्षमा निर्मल गोपाली, सचिवमा सुनकेशरी गोपाली, कोषाध्यक्ष अमिता गोपाली, सहसचिव विर बहादुर गोपाली निर्वाचित भएका छन् भने सदस्यहरुमा रामप्रसाद गोपाली, सुशीला गोपाली, रुपचन गोपाली र धर्मेन्द्र गोपाली निर्वाचित भएका छन् ।  संस्थाका अध्यक्ष निराजन गोपालीको सभाध्यक्षतामा भएको थियो । 

0 comments

Write Down Your Responses