Powered by Blogger.
जिल्ला प्रशासन कार्यालय मकवानपुरद्धारा बजार अनुगमनलाई तिब्रता,चाउमिन उद्योगमा सिलबन्दी

रमेश बन्जरा 
मकवानपुर / चाडपर्व नजिकिए संगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले बजार अनुगमनलाई तिब्रता दिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर , खाध्य गुण तथा नियन्त्रण कार्यालय , उपभोक्ता हित संरक्षण मन्चको संयूक्त टोली मकवानपुरका बिभिन्न क्षेत्रमा अनुगमनमा खटिएको छ । 

चाडपर्वको अबसर पारेर काला बजारी सक्रिय हुन सक्ने समानको कृतिम अभाब श्रृजना गर्न सक्ने र गुणस्तरहिन समानको बिक्री बितरण गर्न सक्ने भन्दै अनुगमनलाई कडाई बनाईएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले बताए । 

 मकवानपुरका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा जिल्ला प्रशासन कार्यालय , खाद्य गुण तथा नियन्त्रण कार्यालय उपभोक्ताबादी संघ संस्थाको संयुक्त टोलीको हेटौडा उपमहा नगरपालिका १८ आरमपुरमा भोला थापाको घरमा रहेको सागर रूम्बाले संचालन  चाउमिन उद्योग, हेटौडा उपमहा नगरपालिका ८ मनकामना चोक कमानेमा सुर्य खनाल लगायतले संचालन गरेको चाउमिन उद्योगले गुणस्तरमा ध्यान नदिएको भेटिएको छ । 

संयूक्त टोलीले  अनुगमन गर्दा उद्योगले मापदण्ड बिनानै उद्योग संचालन गरेको, गुणस्तरमा ध्यान नदिएको पाईए पछि आवश्यक प्रक्रिया पुरा गरी उद्योगले उत्पादन गर्ने, समानको गुणस्तर चेक जाँच गरी मात्र उद्योग संचालन गर्न सुझाब सहित उद्योगमा सिल गरेको अनुगमनमा खटिएका जिल्ला प्रशासन कार्यालय मकवानपुरका मदन श्रेष्ठले जानकारी दिए । 

यस्तै हेटौडा उपमहानगर पालीका ९८ मनकामना चोकमा सूर्य खनाल लगाएतले संचालन गरेको चाउमिन उद्योगले पनी आबस्यक प्रत्रिया पूरा नगरी उद्योग संचालन गरेको अनूगमनमा पाईएका कारण अनुगमन टोलीले उक्त उद्योगलाई पनि कार्वाही गरेको हो । 

हेटौडा कमाने संचालित उक्त उद्योगलाई आबस्यक प्रक्रिया पुरा गरेर मात्र उद्योग संचालन गर्न भनी अनूगमन टोलीले उद्योग संचालकलाई कागज गराईएको बताएको छ । । यि दूबै उद्योगले बिना दर्ता नै उद्योग संचालन गर्दै आएका थिए । 

नागरीकको दैनिकी जिबनमा सरोकार पर्ने खाध्य जस्तो चिजमा यदि कसैले खेलवाड गर्न खोज्छ भने जो कसैलाई पनि नछोड्ने प्रमूख जिल्ला अधीकारी आस्मान तामाङ्गले बताए। संय्क्त टोलीले असोज १६ गते बाट बजार अनूगमनलाई तिब्रता दिएको छ । बजार अनुगमनलाई सबै नागरिकले सहयोग गरिदीन प्रमूख जिल्ला अधिकारी तामाङ्गले आग्रह समेत गरेका छन् । 

0 comments

Write Down Your Responses