Powered by Blogger.
लिंकेज टेक्निकल एकेडेमीले गुरु ग¥यो मन्टेस्वरी शिक्षक तालिम

हेटौँडा / सिटिभिटीबाट सम्बन्ध प्राप्त गरी विभिन्न रोजगारमुलक तालिम कार्यक्रम सन्चालन गरिरहेको हेटौंडा लिंकेज टेक्निकल एकेडेमी प्रा.लि ले मन्टेस्वरी शिक्षक तालिम सुरु गरेको छ। ।

एक कार्यक्रमका बिच एकेडेमीले तालिमको उद्घाटन गरेको हो। उद्घाटन कार्यक्रममा प्रमुख अतिथी प्याब्सन मकवानपुरका अध्यक्ष मदन दाहालले तालिम सफलताको शुभकामना दिदै शिक्षण सिकाइमा नयाँ प्रविधी तथा सिपको प्रयोग गर्नु पर्ने भएकोले मकवानपुरका निजि बिधालयहरुमा तालिम प्राप्त दक्ष शिक्षको माग बढ्दो रहेकोले तालिम अति उपयोगी बन्न सक्ने बताउनु भएको छ। 

यस्तै कार्यक्रमका बिशिस्ट अतिथी सिटिभिटी हेटौंडा कार्यलयका निमित्त कार्यलय प्रमुख बिष्णु घिमिरेले सिटिभिटीको जुनसुकै तालिम कार्यक्रमले पनि रोजगार तथा स्वरोजगार बनाउने भएकोले लिंकेज एकेडेमीले संचालन गर्न लागेको तालिम महत्त्वपूर्ण रहेको बताउनु भयो।
Image may contain: one or more people
यस्तै कार्यक्रमका बिशिस्ट अतिथि नेल्टा ३ न: प्रदेश अध्यक्ष गणेश हुमागाइले पनि अबको सिकाइ प्रक्रिया घोकन्ते नभई प्रयोगात्मक विधि बाट सन्चालन गर्नु पर्ने भएकोले मन्टेस्वरी शिक्षक तालिम अहिलेको आवस्यकता भएको बताउनु भएको थियो।

साथै कार्यक्रमका अतिथी हेटौंडा क्याम्पका प्राध्यापक तथा डिग्री कार्यक्रम सम्योजक मनोज पोखरेल ,सिद्धार्थ मा.बि का शिक्षक सरोज कर्ण लगाएतले तालिम अत्याधिक फलदायी रहेकोले धारणा राख्नु भएको थियो। मन्टेस्वरी शिक्षकको माग धेरै ठाउँबाट हुने गरेपनी तालिम प्राप्त दक्ष जनशक्तिको पर्याप्तता नभएकोले तालिमको आयोजना गरिएको एकेडेमीका प्रवन्धक गिरिजा अधिकारीले बताउनु भयो।कार्यक्रम एकेडेमीका अध्यक्ष भुपेन्द्र कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो।

0 comments

Write Down Your Responses