Powered by Blogger.
बागमती गाउँपालिकामा नागरिकता वितरण तथा मतदाता नामावली सङकलन

Image may contain: 8 people, people smiling, people standingबागमती ÷ मकवानपुरको बागमती गाउँपालिकामा आज देखि नागरिकता वितरण तथा मतदाता नामावली सङकलन शिविर शुरु भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले शिविरको उद्घाटन गरेको हुन् ।

जनतालाई जनताकै घर दैलोमा सेवा दिने उदेश्यले गाउँपालिकाको पहलमा शुरु भएको शिविरमा आज पहिलो दिन वडा नम्बर ६, ७ र ८ का वडावासीका लागि फापरबारीमा संचालन गरेको गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए । १४ गते देखि २० गने सम्म संचालन हुने शिविरमा १४ र १५ गते ३ वटा वडाका नागरिकहरुको नागरीकता प्रदान गर्ने कार्यतालिका रहेको घलानले बताए ।

उक्क्त शिविरमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट खटिएको नागरिकता वितरण टोलीले सहजीकरण गरिरहेका छन् । नागरिकता प्रमाणपत्र नभएका, तर १६ वर्ष उमेर पुगेका गाँउपालिका भित्रका नागरिकलाई नागरिकता बनाउन अध्यक्ष घलानले आग्रह गरे । जिल्लाबाट नागरिकता लिन कार्यालय पुग्दा लाग्ने खर्च तथा प्रकृयालाई सहज बनाउँदै वडामै गएर नागरिकता वितरण गरिएको अध्यक्ष घलानले बताए । गाउँमै नागरिकताको सेवा पाएपछि सेवाग्राही भने हर्षित भएका छन् ।
Image may contain: 1 person, standing, walking, crowd and outdoor
त्यस्तै सो  शिविर १६ गते वेतिनी, १७ गते गाउँपालिकाको कार्यालय, १८ गते ३ नम्बर वडाको गढन र १९ र २० गते राईगाउँ गएर नागरिकता वितरण गर्ने कार्यतालिका रहेको गाउँपालिकाले जनाएको छ । आज पहिलो दिन २१३ जनाले नागरिकता पाएका छन् भने ११३ जनाको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । 

0 comments

Write Down Your Responses