Powered by Blogger.
नेपाल मण्डल दक्षिण पश्चिम भेगको विकासबारे योजना आयोगमा छलफल


काठमाडौं । नेपाल मण्डल पर्यटन नगरी दक्षिण पश्चिम भेगको पहलमा त्यस क्षेत्रको पर्यटन विकासका लागि राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुसगं वृहत छलफल भएको छ ।

बुधबार सिंहदरबार स्थित आयोगकै सभाकक्षमा भएको छलफलमा आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलसंग समितिका पदाधिकारीहरुले छलफल गरेका थिए ।

छलफलमा नेपाल मण्डल पर्यटन नगरीका संयोजक कृष्ण केसी, जिल्ला समन्वय समिति काटमाडौंका अध्यक्ष शिव वैद्य, दक्षिण पश्चिम भेग समितिका संयोजक विनोद महर्जन, टिस्टुङ बज्रबाराही नेवा पुचका अध्यक्ष हरिगोपाल श्रेष्ठ लगायत सहभागी थिए । त्यस क्षेत्रका स्थानीय निकायका प्रमुखहरु र जिल्ला समन्वय समितिका अध्यक्षहरुलाई आमन्त्रण गरिए पनि केही मात्र सहभागी भएका थिए । 

छलफलमा त्यस क्षेत्रको पर्यटन विकासका लागि वृहत योजना अघि सार्न माग गरिएको थियो । छलफलमा नेपाल मण्डल पर्यटन नगरी दक्षिण पश्चिम भेगका संयोजक महर्जनले थाहा नगरपालिका वडा नम्बर ६ को टिस्टुङ बज्रबाराही स्थित बाराही वनमा २०० फिटको बज्रबाराही अजिमाको मुर्ती स्थापना गरिनुपर्ने, इन्द्रसरोवर गाँउपालिकाको वडा नम्बर १ मा लक्ष्मिनारायणको मुर्ती प्रतिस्थापना गरिनुपर्ने, थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) छिटो सम्पन्न गरिनुपर्ने, काठमाडौं उपत्यकाबाट जम्मा २१ किमी दुरीमा पर्ने मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका वा इन्द्रसरोवर गाँउपालिकामा सुविधासम्पन्न अस्पताल निर्माण गरिनुपर्ने लगायतका माग राखेका थिए । 

यसैगरी टिस्टुङ, पालुङ, चित्लाङ, बज्रबाराही लगायत थाहा नगरपालिकाका वडाहरुलाई व्यवस्थित वसोबास, आवास तथा अन्य पुर्वाधार र खेतीयोग्य जमिनको संरक्षण गर्नुपर्ने, पर्यटकको सुरक्षा र स्वास्थ्य सेवाका निम्ति उचित व्यवस्था हुनुपर्ने लगायतका माग राखिएको थियो । 

छलफलपछि आयोगका उपाध्यक्ष डा. कँडेलले योजना आयोग ति कुराहरुमा सकारात्मक रहेको धारणा राखेका थिए ।




0 comments

Write Down Your Responses