Powered by Blogger.
संगीत क्षेत्रमा गायक शाहीको पुनरागन, ‘आज सबै’ म्युजिक भिडीयो सार्वजनिक


काठमाडौं । गायक प्रविन शाहीको स्वरमा रहेको ‘आज सवै‘’ म्युजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा स्व. बाबुराम रिमालको शब्द, गौरव शर्माको सङ्गीत रहेको गीतको म्युजिक भिडियो संगीतकर्मी देव रानाले सार्वजनिक गरेका हुन् ।

एकदशक पछि साङ्गीतिक फाँटमा पुनरागमन गरेका प्रविन शाहीको  गीतमा प्रमोद परियारले एरेन्ज गरेका छन् । 

सुभाष प्रधानको निर्देशन रहेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, प्रेम लामाले छायांकन गरेका छन् भने भिडियोमा मोडल विशाल थापा र मनिसा सापकोटाको अभिनय रहेको छ । गीत सार्वजनिक कार्यक्रममा गायक प्रविन शाहीले प्रत्यक्ष रुपमा दर्शक माझ गीत गाएका थिए ।

कार्यक्रममा गीतकार सुभाषचन्द्र ढुंगेल, रमेशप्रसाद कोईराला, राजेशमान के.सी., कपिल कस्पाल, मुकेश शाही लगायतका कलाकारको उपस्थिति रहेको थियो । 

त्यसैगरी पुराना गायक एवम् क्लासीक एफ.एम.का संस्थापक प्रस्तोता मुकुन्द खड्का , गायक एवम् गीतारवाधक ज्योति घिमिरे , गायक एवम् गीतारिष्ट पेम्बा लेप्चाको उपस्थिती रहेको थियो । अतिथिहरुले गायक प्रविन शाहीलाई पुनः गायन क्षेत्रमा सक्रिय हुन लागेकोमा बधाई दिएका थिए ।

शाहीले २०५१ सालमा शहिदको सपना बोलको पहिलो गीत रेर्कड गराएका थिए । समाज शास्त्रमा स्नातकोत्तर सम्म अध्ययन गरेका प्रविनले कलानिधि सङ्गीत महाविद्यालय पाटनबाट चार वर्ष शास्त्रीय सङ्गीतमा अध्ययन गरेका छन् । 

भक्तपुर साङ्गीतिक समाजका संस्थापक अध्यक्ष रहेका शाहीले  निरन्तर सङ्गीतमा लागेर आफ्नो साङ्गीतिक जीवनलाई अगाडी बढाउने  प्रतिवद्धता जनाएका छन् ।

0 comments

Write Down Your Responses