Powered by Blogger.
ऐतिहासिक टिस्टुङ उपत्यकामा पनि भिन्तुना ¥याली सहित सामुहिक म्ह पुजा हुँदै



काठमाडौं । उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित ऐतिहासिक टिस्टुङ उपत्यकामा सामुहिक म्ह पुजा हुने भएको छ ।

यही कात्तिक २२ गते गोवद्र्धन पुजाको दिन परम्पराको जगेर्ना  गर्ने उद्देश्यले म्ह पुजा गर्न लागिएको हो ।

टिस्टुङ बज्रबाराही नेवा पुच लगायत अन्य सामाजिक संघ संस्थाको पहलमा म्ह पुजा हुन लागेको हो । 

नेपाल संवत ११३९ को उपलक्ष्यमा न्हुदया भिन्तुना कार्यक्रम र सामुहिक म्ह पुजाको तयारी भइरहेको नेवा पुचका अध्यक्ष हरिगोपाल श्रेष्ठले बताउनुभयो । 

नेपा पुचका अतिरिक्त हलि नेवा गुठी टिस्टुङ, स्वर्गीय रामलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, ज्यापु महागुठी टिस्टुङ, न्हुदया भिन्तुना समिति लगायतका संघ संस्थाको सहभागितामा पुजा हुन लागेको हो । 

टिस्टुङको पापुङ स्थित डबलीमा स्थानीय बाजा खलका प्रतिनिधी, जनप्रतिनिधी, बुद्धिजीवी, समाजसेवी, संस्कृति जर्गेना गर्न योगदान दिने व्यक्तिहरु, काठमाडौंबाट आएका विशेष व्यक्तिहरु र सञ्चारकर्मीहरुले समेत सामुहिक म्ह पुजा गर्ने योजना रहेको टिस्टुङ बज्रबाराही नेवा पुचका संस्थापक अध्यक्ष विनोद महर्जनले जानकारी दिनुभयो । 

संस्कृतिको जर्गेना र पर्यटन प्रवद्र्धनको लागि कार्यक्रम उपयोगी हुने बताइएको छ । 

नेपालमा सम्भवत पहिलो पटक ३ सय जनाले सामुहिक म्हपूजा गर्दैछन् ।

 विदेशमा रहेका नेवार समुदायले न्हुँ द अर्थात नेपाल संवतको नयाँ वर्ष मनाउँदै सोहि दिन सामुहिक म्ह पूजा मनाउँदै आए पनि नेपालमा भने पहिलो पटक सामुहिक म्ह पूजाको आयोजना गर्न लागिएको आयोजक टिस्तुङ बज्रबराहि नेवा पुचका संस्थापक अध्यक्ष महर्जनले जानकारी दिनुभयो । 

विनोद महर्जन
काठमाडौबाट यो कार्यक्रमका लागि ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जन प्रमुख आतिथिका रुपमा सहभागी हुनेछन् भने अन्य संस्कृतिकर्मी हरु पनि सहभागी हुने बताइएको छ । 

बाजा खल, स्थानिय जन प्रतिनिधि, बुद्धीजीवी संस्कृतिकर्मी र आयोजक सबै संस्थाहरु मिलेर टिस्तुङमा  सोही दिन बिहान भिन्तुना ¥याली सहित बजार परिक्रमा गरिने बताइएको छ । 

हरिगोपाल श्रेष्ठ


0 comments

Write Down Your Responses