Powered by Blogger.
कार्तिक २१ गते कैलाश ६ पकनीमा वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रम हुँदै

थाहा ÷ मकवानपुरको उत्तरीभेगमा रहेको थाहा कला केन्द्रले तिहार विशेष वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्ने भएको छ । कला–संस्कृति देशको पहिचान, यसको संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना भएको थाहा कला केन्द्रले हरेक बर्ष झैँ यस वर्ष पनि कार्यक्रमको आयोजना गरेको थाहा कला केन्द्रका अध्यक्ष सानोवावु मुक्तानले जानकारी दिए ।
विगतको वर्षहरुमा थाहानगर भित्र गर्दै आईरहेको थियौँ,यस बर्ष भने कैलाश गाउँपालिकाका वडा नम्बर ६ पकनीमा गर्न लागेको हो, उनले भने । यस कार्यक्रम रमाईलो मात्रै नभई सामाजमा केहि जनचेताना फैलाउने उद्देश्य समेत हो ।
सामाजिक बिक्रिति,बिसंगती तथा समाजमा रहेका बिभिन्न समस्याहरुको न्युनिकरण गर्नको लागि चलचित्र मार्फत शन्देश प्रवाह गर्ने उद्धेश्यले नेपाली कथानक चलचित्र कल्चरको निमार्ण गरिरहेको बताए ।  उनले भने, “ क्ल्चर फिल्म चाँडै नै रिलिज गर्ने तयारी स्वारुप काम भईरहेको छ, सो फिल्मको प्रचार प्रसार गर्न समेत यस कार्यक्रमले सहयोग पुग्नेछ ।”
यहि कार्तिक २१ गतेको दिन ११ बजेबाट शुरु गर्ने सो कार्यक्रम कैलाश एकता समाज,हिमशिखर युवा क्लव,गोगने स्मार्ट युथ क्लव,ग्याङ स्टार युथ क्लव,शिला कन्या युवा क्लव,पञ्चबुद्ध टोल विकास समिति,गोगने जागरण समाज,चन्द्र सुर्य युवा क्लव लगायतको सहयोगमा रहनेछ । 
सो कार्यक्रममा राष्ट्रिय कलाकार मुक्तिनाथ उप्रेति, राजु विरही, रजनी लामा, नेपाल आईडलका लोकप्रिय गायक दिपराज केसी, सोहि क्षेत्रमा जन्म भएकी गायिक प्रतिमा अर्यालको पनि वेजोड प्रस्तुती रहने कार्यक्रमको संयोजक रमेश रिजालले बताए । त्यत्तै स्थानिय कलाकार अनिल लामा , राजकुमार लामा र सुनौलो विहानी युवा क्लव टिस्टुङको समेत विभिन्न प्रस्तुती रहने छ ।
उत्तरी क्षेत्र थाहानगरमा बि.स. २०७२ सालमा स्थापना भएको कला केन्द्रले संगीत कक्षा, अभिनयको तालिम,नृत्य जस्ता विधालाई पहिलो प्राथामिकता दिई प्रशिक्षण गराईरहेको छ । केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानको निर्देशनमा बिभिन्न गीतहरुको अफिसियल भिडियो र कभर भिडियो समेत सार्वजिनिक भइरहेको छ ।

0 comments

Write Down Your Responses