Powered by Blogger.
कालिकानगर टोललाई नमुना बनाउने प्रतिवद्धता


काठमाडौं । चन्द्रागिरी नगरपालिका, ढुङ्गेअड्डा स्थित वडा नम्बर १४ र १५ को कालिकानगर टोल विकास समितिको साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको साधारण सभाका सहभागी अतिथीहरुले सो टोललाई नमुना टोल बनाउनका लागि लागी पर्ने प्रतिवद्धता जनाउनुभयो । 

कार्यक्रममा सो समितिका सल्लाहकार तथा संघीय संसद अन्तर्गत प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले साधारण सभाले टोलवासीसंग भलाकुसारी गर्ने मौका प्रदान गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘यही टोलको स्थायी बासिन्दा हुँ, टोल समिति गठन गर्नका लागि पनि पहल गरेकै हुँ तर पनि अहिले सबेरै हिँड्ने र राती मात्र घर फर्कनु पर्ने वाध्यताले तपाँइहरुसंग साक्षात्कार हुन पाएको थिएन ।’–गुनासो गर्दै बिडारीले भन्नुभयो, तैपनि यो मुलुका अथक प्रयासपछि संविधन बन्यो, करिव दुइ सय जति नयाँ कानुन बने, ति सबै काममा तपाँइहरुकै छिमेकी कतै सदस्य भएर त कतै संयोजक भएर दिनरात नभनी काम गरेको छ ।’ उहाँले आफ्नो काम विधायकको हैसियतमा कानुन बनाउने मात्र भए पनि विकास निर्माणका सवालमा स्थानीय  र प्रदेश सरकारले गर्ने पहलमा साथ दिने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले जनप्रतिनीधीहरुले सत्य मात्र बोल्नु पर्ने भन्दै गर्न सक्ने बाहेकका आश्वासन दिने र जनतालाई भ्रम पार्ने काम गर्न नहुने सुझाव दिनुभयो । 

हरेक सांसदहरुलाई विकासे काममा नलगाई कानुन निर्माणमा मात्र केन्द्रीत गरिनुपर्ने र ४ करोड रुपैंया एकजना सांसदलाई बाँड्ने काम बन्द गरिनुपर्ने बताउनुभयो । ‘उनीहरु ल मेकर मात्र हुन्, तर यहाँ विकासको अभियन्ता मानिन्छ, सांसदलाई पैसा दिनु भनेको प्रभावमा पारेर सरकारको आयु लम्व्याउने खेल हो, यो विकसीत राष्ट्रहरुमा  छैन ।’ सभापति बिडारीले भन्नुभयो, ‘एउटा पुल बनेको हुन्छ, २७ जनाले मैले बनाइदिएको भनेर दावी गर्छ, हुँदा हुँदा सडक विभागको महानिर्देशकले पनि मेरो पालामा मैले नै बनाइदिएको भन्छ, यो फटाहा कुरा हो ।’

उहाँले सरकारले कामको जग लगाँउदै गरेको दावी गर्दै जग पुरीएपछि मात्र काम देखिने र परिणाम देखिन केही समय लाग्ने प्रस्ट पार्नुभयो । उहाँले सरकारको बचाउ गदै सुन तस्करी यो सरकारले गरेको नभई विगतमा नै भएको र छानविन गर्दै गरेको तथा  निर्मला पन्तको हत्या तथा वलात्कारको प्रमाण नष्ट गर्ने अधिकारीहरु समेत यो सरकारले भर्ना नगरेको स्पष्ट गर्दै सरकारले त त्यसमा सहजीकरण गरेको र कारवाहीको चरणमा विषय प्रवेश गर्न लागेको अवगत गराउनुभयो । 

साधारण सभाको उद्घाटन गर्दैनेकपा केन्द्रीय सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठले टोलका समस्या समाधान गर्न आफु दत्तचित्त भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो । 

प्रदेश सांसद केशव पोखरेलले ठेकेदारहरुका बदमासीले केही समस्या आएके बताउँदै सबै समस्या समाधान गर्न प्रदेश सरकार पनि क्रियाशील भएर लागेको दावी गर्नुभयो । कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले नगरपालिकाको जिम्मा लिएर गरिदिनुपर्ने काम टोलवाशीहरुको पहलमा भएकोमा खुसी व्यक्ति गर्दैअ ागामी दिनमा पुर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारी, समाजसेवी तथा अधिवक्ता वनमाली सुवेदी, मानवअधिकारकर्मी विपी अधिकारी लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो । कार्यक्रमको सञ्चालन सचिव कौशल पन्तले गरेका थिए । 



0 comments

Write Down Your Responses